सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिना के हो र किन बनाइन्छ जन्मकुण्डली हेर्नुहोस्

२०७८ भाद्र २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उपप्राध्यापक नारायणप्रसाद निरौला जन्मपत्रिका भनेको व्यक्ति जन्मेको दिक् देश र काल सहित खगोलीय एवं भूगोलीय अवस्थितिको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी हो । जसलाई नेपालीमा चिना भनिन्छ । चिनाको अर्थ पनि व्यक्ति चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूलन प्रतिकूलन पत्तालगाई भौगोलिक रूपमा कुन देशको कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ गणित सिद्ध ज्ञान गराउने वस्तु चिना हो । जहाँ जन्मकालिक सम्पूर्ण विवरणहरू प्रस्तुत गरिएको हुन्छ ।

ज्योतिषलई कतिपयले काल्पनिक विद्याको रूपमा पनि बुझेका छन् । ठगी खाने पेशाको संज्ञा पनि नदिएका होइनन । जसले यस भित्रको वास्तविक रहस्य जान्दैन उसैले यस्तो अनर्थ लगाउने मात्र हो । ज्योतिष कुनै कल्पनामा आधारित विद्या होइन । सृष्टिको आदिदेखि अहिलेसम्मका ग्रहगोचरीय गणित ज्योतिष शास्त्रमा अन्तर्निहित रहेका छन् । संसारको सृष्टिकसरी भयो रु कहिले भयो रु देवताको स्थान कहाँ रु पितृको स्थान कहाँ रु दैत्यको स्थन कहाँ रु ब्रह्मा कहा बस्छन् आदि कुराको खगोलीय प्रमाण वैज्ञानिक उपपत्ति सहित ज्योतिषशास्त्रले बताएको छ । जसको प्रत्यक्ष दसी सूर्योदय हुने बेलामा पूर्वी क्षितिजमा सूर्य देखिनु, भनेको समयमा ग्रहण लाग्नु, शुक्लपक्षमा चन्द्रमाको उज्यालो पन बढ्दैजानु र औाशीमा चन्द्रमा नदेखिनु आदि रहेका छन् ।ज्योतिष वेदको मुख्य अङ्ग हो । जसरी हामी आँखा विनाको संसार परिकल्पना गर्न सक्दैनौ त्यसैगरी ज्योतिष विना वेद जान्न सकिदैन । वेदश्चक्षुकिलेदंस्मृतं ज्योतिषम् ९सिद्धान्तशिरोमणि भनिएको छ । अर्थात् ज्योतिष वेदको आँखा हो । वेदले बताएका कुरा जान्न ज्योतिष्को ज्ञाना अनिवार्य रहन्छ । विशेषतः ज्योतिष शास्त्र कालबोध गराउने शास्त्र हो । यसले समयको अवस्थिति अनुकूलन प्रतिकूलन के कस्तो छ सोको तथ्य कारण सहित प्रस्तुत गर्दछ ।

ज्योतिष अन्तर्गत सिद्धान्त, होरा र संहिता मुख्य तीन हाँगा रहेका छन् । सिद्धान्त पक्षले खगोलीय भूगोलीय ग्रहगणितका सिद्धान्त प्रस्तुत गर्छ भने होराखण्डले ग्रहजन्य प्रभावका आधारमा व्यक्तिको फलादेश गर्दछ । यसैगरी संहिता शास्त्र भनेको भौतिक वस्तुको अनुकूलन प्रतिकूलन पत्ता लगाउने शास्त्र हो । यस अन्तर्गत मुहूत्र्त, वास्तु आदि विषय पर्दछन् । वास्तु ज्योतिष शास्त्रकै अंग हो । जसलाई प्राच्य इन्जिनियरिङ पनि भनिन्छ । यसरी ज्योतिषभित्र खगोलदेखि भूगोलसम्म अटेको छ । खोगोलीय वस्तुको अवस्थिति आँकलन हजारौ वर्ष पहिले नै भएको थियो । हिजोआज पाश्चात्य वैज्ञानिकले भनेका कुरा विज्ञान हुने अनि हजारौ वर्ष पहिले हाम्रा ऋषि महर्षिले बताएका कुरा कसरी अवैज्ञानकि हुन सक्छन् । न्युटन भन्दा पाँचसय वर्ष पहिले नै आकर्षण सिद्धान्तको चर्चा भास्कराचार्यले आफ्नो सिद्धान्तशिरोमणिमा उल्लेख गरेका छन् । पृथ्वीको आकर्षण सिद्धान्त भास्कराचार्यकै हो ।सर्वप्रथम सृष्टिको आदिदेखि हालसम्म कति दिन व्यतित भए त्यसको वैज्ञानिक गणना ज्योतिष शास्त्रले बताएको छ । संसारी सृष्टिको चक्र निरन्तर चलिरहन्छ । सृष्टिकर्ता ब्रह्माको पनि आयु बताइएको छ ।

उनको आयु सकिएपछि लय हुन्छ भनी बताइएको छ । ज्योतिष शास्त्रले ब्रह्माको एक दिनलाई कल्प भनेको छ । एक कल्पमा ४ अरब बत्तीस करोड ९४३२००००००० वर्ष बताइएको छ । यसपछि ब्रह्मा शयन कक्षमा जाने हुँदा सृष्टि लय हुन्छ अर्थात् सबै जलमय भनिएको छ । सो पछि पुनः सोही चार अर्व ३२ करोड वर्ष पछि पुनः सृटिको शुरु हुने कुरा सिद्धान्तशिरोमणिमा उल्लेख गरिएको छ । यसरी सृष्टिदेखि हालसम्म ब्रह्मा एकाउन्नौ बर्षमा लागेका छन् । एकाउन्नऔँ वर्षका पनि सात मनु, २८ युग वर्तमानमा व्यतित भइरसकेका छन् । अठ्ठाइसौँ महायुगका सत्य, त्रेता, द्वापर व्यतित भएर हाल कलियुगका पनि पाँचहजार एक सय अठार ९२०७४ सालसम्ममा० वर्ष मात्र व्यतित भएका छन् । हाल सृष्टि देखि १९५५८८५११८ वर्ष व्यतित भइसकेका छन् ।

यही वर्षमानको उल्लेख जन्मपत्रिका अर्थात् चिनामा हुने गर्दछ । यसरी व्यतित भएको कालको उल्लेखसँगै वर्तमानमा प्रचलित संवतको उल्लेख जन्मपत्रिकामा हुने गर्दछ ।यसरी सृष्टिदेखि हालसम्मको अवस्थिति उल्लेख गरिसकेपछि जातक जन्मेको समयमा आकाशीय ग्रहको अवस्थिति कस्तो थियो सो कुराको पत्तालगाई चिनामा उल्लेख गरिन्छ । बच्चा जन्मेको स्थानबाट सूर्य कति अंश, कतिकालमा छ यसैगरी चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु, केतु आकाशमा कुन अवस्थामा छन् भन्ने कुराको पत्ता लगाइन्छ । यसका लागि तिथि गणितका अनेकौँ सूत्रमार्फत गणना गरिन्छ । यसरी गणना गरिएको ग्रहहरूको आकाशमा अवलोकन गर्ने पद्धति पनि ज्योतिष शास्त्रमा रहेको छ । ग्रह आकाशमा सोही अवस्थामा देखिन्छन् । जुन कुरा हजारौवर्ष पहिले हाम्रो पूर्वज ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए ।

सोही कुराको प्रस्तुति जन्मकुण्डलीमा हुने गर्दछ ।हिजो आजका पाश्चात्य व्यक्तिले पौरस्त्य कुरालाई आफ्नो बनाई भन्दा वैज्ञानिक मान्ने हामी कति ज्ञानी छौँ । जुन कुरा आफ्नो ज्ञानलाई हेला गरिरहेका छौँ । संस्कृत पढ्ने भनेर पुरेतको संज्ञामात्र दिएका छौँ । जसले नित्य पुरोहित गर्छ, जसले युगको कुरा बताउँछ, जसले खगोलीय विषयवस्तुको अवस्थिति पत्तालगाउँछ, त्यसलाई कर्मकाण्डी सोच्ने हाम्रो मानसिकता कति असल छ स्वयं विचारणीय रहेको छ ।जन्मसमयमा आकाशीय ग्रहहरूको अवस्थिति अनुसार जन्मपत्रिका तयार गरिन्छ । सूर्यादि ग्रहहरूको उदय, अस्त, वक्र मार्ग, उच्च, नीच आदि सम्पूर्ण अवस्थितिको गणितीय प्रमाण उक्त चीनामा उल्लेख गरिएको हुन्छ । सोही आधारमा फलादेश पनि हुने गर्दछ । ग्रहको अवस्थितिलाई विचार गरी फलादेश गर्ने व्यक्ति गलत हुन सक्छ तर विद्या कदापि गलत हुन सक्दैन र हुँदैन पनि ।आज गरिने जन्म दर्ता, नागरिता भन्दा पनि वैज्ञानिक दस्तावेज भनेको चिना हो ।

चिनामा व्यक्तिका सम्पूर्ण खगोलीय, भूगोलीय फेरहिस्ता हुने गर्दछ । तीन पुस्ता, गोत्र, थर, प्रवर आदि सम्पूर्ण कुरा चिनामा लेखिने भएकोले व्यक्तिको असली परिचय पत्र नै चिना हो । आजको परिचयपत्रमा पनि सोही कुरा उल्लेख हुनु जरुरी छ ।जन्म समयको अक्षांश, देशान्तर आदिका आधारमा इष्टकाल, नक्षत्रको भुक्त भोग्य अवस्थिति अनुसार नामाकारणा पनि सोही चिनमा उल्लेख हुने गर्दछ । कुन नक्षत्रबो कुन पाउमा जन्म भएको हो रु उसलाई कुन तिथि, नक्षत्र, बार घात र शुभ हुन्छन् भन्ने कुराको विवरण पनि जन्मपत्रिकामा हुने गर्दछ । यसैगरी ग्रह कसरी चल्दैछन् र कुन ग्रहले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको गणितीय विवरण पनि चिनाम हुने गर्दछ ।चिना वस्तवमा व्यक्तिगत विवरण पत्र नै हो ।

त्यसमा उसको चिनारी प्रस्तुत गरिएको हुन्छ । व्यक्ति जन्ममदा कुन भुगोल, कुन खगोलीय अवस्थिति थियो रु भूगोल अन्तर्गत पनि कति अक्षांश र देशान्तरमा उसको जन्म भएको, कुन गोत्र, प्रवर, थर,शाखा,तीनपुस्ते विवरण सहित तिथिमितिको परिपक्व दस्तावेज वास्तुमा चिना हो । आजका व्यक्तिगत परिचयपत्र भन्दा पनि ठुलो परिचयपत्र भनेको उसको चिना अर्थात् जन्मपत्रिका हो । जसले व्यक्तिको विगत, वर्तमान र भविष्यको मार्गदर्शन गरेको हुन्छ । अतः चिना व्यक्तिको एक वैज्ञानिक दस्तावेज हो । सबलपोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

सम्बन्ध विच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

बोइङको उडिरहेको विमानबाट फेरि उप्कियो एक हिस्सा

जापानकाे उच्च अदालतले बल्ल दियाे समलिङ्गी बिबाहलाइ मान्यता

अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

किस गर्दा तपाईँको स्वास्थ्यमा पुर्याउने ७ फाइदा के-के हुन्?

जसले कोरोना खोप २१७ पटक लगाए !