बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’मा  निराजन र करुणाको रोमान्स  (भिडियो सहित)

बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’मा निराजन र करुणाको रोमान्स (भिडियो सहित)

काठमाण्डौंः गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीको ध्वनि मुद्रण रहेको छ।

मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोमा दिपेन बस्नेत र सास्वत श्रेष्ठको छायाँकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ । एनएफडिसीको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोमा किमत गौतमले प्राविधिक निर्देशन, श्रीकृष्ण श्रेष्ठले भिएफएक्स र मित्र डि. गरुङले कलर करेक्सन गरेका हुन् भने भिडियोमा रहेको ड्रोन शटलाई तार्जन लिम्बुले खिचेका हुन् ।

भिडियोमा दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांकन तथा मेरोन राजभण्डारीको कथा एवं सम्पादन रहेको छ ।

मेल, फिमेल र डुएट गरी ३ संस्करणमा सार्वजनिक हुने उक्त गीतको मेल भर्जनको म्युजिक भिडियोलाई स्टुडियो साउण्ड मिलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अन्नपूर्णटाइम्स

भिडियोमा हेर्नुहोसः

Next PostRead more articles

Leave a Reply