प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

  • Post author:
  • Post category:संसद
  • Post comments:0 Comments

काठमाडौंः प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ ।  संसद बैठक मंगलबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध गरिरहेको छ । संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले पहल थालेका छन् ।

सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक पनि राखेका थिए । उक्त बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहेका थिए ।

एमालेले सभामुखको भूमिकाप्रति विरोध गर्दै आएको छ । कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाएको छ ।

सरकारले गत शुक्रबार एमालेको विरोधबीच प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।

Next PostRead more articles

Leave a Reply