एमाले एक ढिक्का छ : रावल

एमाले एक ढिक्का छ : रावल

काठमाण्डौः नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताउनुभएको छ ।आज धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताउनुभयो । उहाँले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले सो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गर्नुभयो ।

फरक प्रसङ्गमा उहाँले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने बताउनुभयो । एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीले एमसीसीबारे आफ्नो प्रष्ट धारणा नल्याएको उहाँको भनाइ छ । उहाँले नेकपा (एकीकृत समाजवादी) मा लाग्न विकास योजना र पद दिन खोजिएको उल्लेख गर्दै उहाँले आफूहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।”उहाँले आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत गर्नुभयो । रावल आफ्नो गृह जिल्ला अछामसहितका जिल्ला भ्रमणका लागि यहाँ आइपुग्नुभएको हो ।रासस

Next PostRead more articles

Leave a Reply