सदाबहार खबरको रफ्तार ....
बैसाख ६, २०८१ बिहिबार
April 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कामका लागि भारत जानुपर्ने बाध्यता हटाउने छौँः मुख्यमन्त्री भट्ट

२०७८ भाद्र ३१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपचिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले युवालाई कामका लागि भारत जानुपर्ने वर्षौँदेखिको बाध्यता अन्त्य हुने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले यहाँका नागरिक तथा युवालाई स्वरोजगार बनाउन प्रदेश सरकारले बिनाधितो ऋण दिनेलगायत कार्यक्रम अघि सारेकाले अब यहाँका युवाले घरैमा रोजगार पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई स्वरोजगार बनाउन हामीले बिनाधितो ऋण दिने योजना अघि सारेका छौँ, अब कामका लागि भारत जानुपर्ने अवस्थाको अन्त्य हुनेछ ।”

कृषि क्षेत्रलगायत विभिन्न काम गर्नका लागि बिनाधितो ऋण दिने सरकारले योजना ल्याएका कारण अब कोही पनि बेरोजगार नहुने उहाँको भनाइ थियो । मुख्यमन्त्री भट्टले अबको अवश्यकता भनेको विकासको भएकाले अन्य कुराहरु छोडेर नागरिकको विकासमा लाग्नुपर्ने बताउनुभयो । प्रदेश सरकार गठन भएसँगै सुदूरपश्चिममा लामो समयदेखि रोकिएका विकास निर्माणका कामले गति पाएको समेत उहाँले जिकिर गर्नुभयो ।

सुदूरपश्चिममा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकारले विभिन्न योजना अघिसारी काम गरिरहेकाले यहाँका पर्यटकीय क्षेत्र चाँडै नै देशविदेशमा चिनाउने गरी काम भइरहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिमको खप्तड, बडिकेदारलगायत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसार र विकासका लागि सडक विस्तारसँगै अन्य विकासका काम सुरु भएका छन् । अब देशविदेशमै यहाँका पर्यटकीय क्षेत्र चिनिने छन् ।” यसैगरी सुदूरपश्चिम क्षेत्रको विकासका लागि वर्तमान सरकार निकै चासोका साथ अगाडि बढिरहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले वर्षौँदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणका लागि केन्द्र सरकारसँग पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले मात्रै पश्चिम सेती बनाउन नसक्ने भएका कारण केन्द्र सरकारसँग निर्माणका लागि पहल गरिरहेका छौँ, पश्चिम सेती मात्रै बन्ने हो भने यहाँको विकासमा कायापलट हुन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

`जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, ठुला देशले क्षतिपुर्ति दिनुपर्छ´ः मन्त्री पुन

प्लाइउड उद्योगमा स्थानीयलाई रोजगारी

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

कति छ आज सुनचाँदीको मुल्य ?

अर्थमन्त्री पुनद्वारा विश्व बैंक र वित्त निगमका उपाध्यक्षसँग भेट, नेपालमा लगानी बढाउन अपिल

बिदेशी मुद्राको बिनिमय दर, अमेरिकन डलर १३३ रूपैयाँ बढी

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

पेट्रोलियम पदार्थको मूल्य बढ्यो