सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु: मुख्यमन्त्री शाक्य

२०७८ असोज २, शनिबार

काठमाण्डौंः वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एकीकृत समाजवादीको सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभयो ।

वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताउनुभयो । एकीकृत समाजवादीका कारण आफ्नो सरकार अल्पमतमा परेको र पुनः त्यही पार्टीको सहयोग र समर्थनमा आफूले बहुमत सिद्ध गर्ने उहाँको भनाइ थियो ।

नेता नेपालको नेकपा एमालेलाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उहाँले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताउनुभयो । उहाँले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको बताउनुभयो । एमालेलाई देशको ठूलो पार्टी बनाउन सबैले आ–आफ्नो अडान छाड्नुपर्र्नेमा शाक्यले जोड दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानन्यायाधीश जबराको राजीनामा बारे बारको धारणा बनिसकेको छैनः अध्यक्ष श्रेष्ठ

सरकारले राहतको विशेष प्याकेज ल्याउँछः मन्त्री बडू

मुख्यमन्त्री पोखरेलद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन

प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउन बारको १५ दिने अल्टिमेटम (विज्ञप्ती सहित)

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ बाँड्न अन्तरराष्ट्रिय सम्मेलन

नेपाली शान्ति सैनिकद्धारा कंगोमा विद्यालय पुर्नःनिर्माण

न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढ्यो : पूर्वन्यायाधीश फोरम (विज्ञप्ती सहित)

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

सिके राउतका १७ कार्यकर्तामाथि आपराधिक मुद्दा

बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा