सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

२०७८ असोज २, शनिबार

काठमाण्डौैः प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।

नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

“चाडपर्वमा कुनै पनि घटना हुन नपाउने गरी ठाउँअनुसारको योजना निर्माण गर्न भनेको छौँ”, प्रहरी त्यसतर्फ केन्द्रित भइसक्यो”, प्रवक्ता कुँवरले रासससँग भन्नुभयो, “कुनै जिल्ला कार्यालयले लागू पनि गरिसके र बाँकीले लागू गर्ने तयारीमा छन् ।”चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधिसँगै मानिसका आवश्यकतासमेत बढ्ने हुँदा बजारमा बढी चहलपहल हुन्छ ।

साथीभाइ घेटघाटका गतिविधिसमेत बाक्लिदा झै–झगडा तथा आपराधिक क्रियाकलाप हुनसक्छ । यस्तै तीव्र गतिमा सवारी साधन चलाउने र बढी यात्रु चढाउँदा दुर्घटना हुनसक्ने खतरासमेतलाई मध्यनजर गरी सुरक्षा योजना बनाउन भनिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चोरी, अपहरण, कालोबजारी, चन्दा आतङ्कजस्ता आपराधिक क्रियाकलाप हुने भएकाले त्यस्ता गतिविधि हुन नपाउने गरी सुरक्षा योजना निर्माण गरी लागू गरिनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर० मा भने शुक्रबारदेखि नै यो योजना लागू गरिएको छ ।

उपत्यकामा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी योजना कार्यान्वयन गरिएको रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयले जनाएको छ । योजनाअन्तर्गत बढी भिडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक तथा वित्तीयसंस्था र यातायात क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।

ठाउँठाउँमा सुरक्षा जाँचका लागि चौकी बढाउने, सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने र तत्काल परिचालन हुने ९क्वीक रेष्पोन्स० टोली गठन गरिएको जनाइएको छ । यस्तै आकस्मिक जाँच तथा सार्वजनिक सवारी साधनमा समेत सादा पोशाकका सुरक्षाकर्मीले निगरानी गर्ने जनाइएको छ । चाडबाडमा घर फर्कने यात्रुको सुविधाका लागि ठाउँठाउँमा यात्रु सहायता कक्षा स्थापना गरी सहजीकरण गरिने र टिकटमा हुने कालोबजारी नियन्त्रणका लागि पनि प्रहरीको छुट्टै टोली परिचालन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारले राहतको विशेष प्याकेज ल्याउँछः मन्त्री बडू

मुख्यमन्त्री पोखरेलद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन

प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउन बारको १५ दिने अल्टिमेटम (विज्ञप्ती सहित)

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ बाँड्न अन्तरराष्ट्रिय सम्मेलन

नेपाली शान्ति सैनिकद्धारा कंगोमा विद्यालय पुर्नःनिर्माण

न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढ्यो : पूर्वन्यायाधीश फोरम (विज्ञप्ती सहित)

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

सिके राउतका १७ कार्यकर्तामाथि आपराधिक मुद्दा

बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन