सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैनः मुख्यमन्त्री पोखरेल

२०७८ असोज ३, आइतबार

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य बन्नसके मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुनसक्ने उल्लेख गर्नुभयो ।

सन्देशमा भनिएको छ “राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था वृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानुपर्ने आवश्यकता छ ।

” सन्देशमा संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने जनाउँदै यसलाई सुशासनको वाहक बनाउन कानूनी शासन र संविधानवादमार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्नुपर्ने उल्लेख छ । “सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ, आगामी दिनमा यस्ता विवाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलले प्रतिबद्धता जनाउन जरुरी छ ।” सन्देशमा भनिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानन्यायाधीश जबराको राजीनामा बारे बारको धारणा बनिसकेको छैनः अध्यक्ष श्रेष्ठ

सरकारले राहतको विशेष प्याकेज ल्याउँछः मन्त्री बडू

मुख्यमन्त्री पोखरेलद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन

प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउन बारको १५ दिने अल्टिमेटम (विज्ञप्ती सहित)

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ बाँड्न अन्तरराष्ट्रिय सम्मेलन

नेपाली शान्ति सैनिकद्धारा कंगोमा विद्यालय पुर्नःनिर्माण

न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढ्यो : पूर्वन्यायाधीश फोरम (विज्ञप्ती सहित)

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

सिके राउतका १७ कार्यकर्तामाथि आपराधिक मुद्दा

बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा