सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिद्वारा संविधान दिवसमा ९०३ जनालाई मानपदवी र विभूषण प्रदान (सूचीसहित)

२०७८ असोज ३, आइतबार

काठमाण्डौं: राष्ट्रपति विद्यादेवी भण्डारीले सातौं संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार पदक प्रदान गरेकी छन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपति भण्डारीले ती विभूषण प्रदान गरेकी हुन् । नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई प्रदान गरिएको छ ।

सबैभन्दा ठूलो मानपदवीका रूपमा रहेको नेपालरत्न सन्त नेता तथा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिनेछ । यसैगरी, राष्ट्रगौरवका रूपमा रहेको पदवी यसपटक पूर्वप्रधानमन्त्री झलनाथ खनाल र स्वर्गीय सुवर्ण शमशेर जबरालाई प्रदान गरिने भएको छ ।

यस्तै, अन्य ठूला पदक पाउनेमा स्व. मंगलादेवी सिह, मोहनचन्द्र अधिकारी र पोष्टबहादुर बोगटी रहेका छन् । यसैगरी, राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु–याएबापत द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, भूविक्रम नेम्वाङ, रानुदेवी अधिकारी, भक्तराज आचार्य, सन्तोष शाहलाई उपल्लो स्तरको पदक प्रदान गर्न लागिएको छ ।

यसैगरी बाग्मती सफाइ अभियन्ता माला खरेल, वरिष्ट कार्टुनिस्ट रविन सायमी, खेलाडीहरू ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, गायिकाहरू देविका प्रधान र विष्णु माझी, अक्सिजन सप्लाइकर्ता शंकरलाल अग्रवाल, कोभिडविरुद्ध जनचेतना फैलाउन उल्लेख्य भूमिका खेलेका स्वास्थ्य विशेषज्ञ डा. शेरबहादुर पुन र डा. रविन खड्कालाई पनि विभिन्न पदकद्वारा विभूषित गरिने भएको हो ।

विभूषण, अलङ्का र पदक पाउनेहरूको नाम आजको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेखसमेत गरिएको छ । उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

 

फोटो स्रोतः गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति समक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्नुहोस्: प्रधानमन्त्री

सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

होसियारीपूर्वक दशैं पर्व मनाउन राष्ट्रपति भण्डारीको आग्रह

बिजयादशमीमा प्रधानमन्त्री देउवाको शुभकामना, दसैँले नेपालीको मुहारमा खुसी ल्याउन

राष्ट्रपतिबाट सवारी दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि

उपसभामुख पद जसपाले पाउने पक्का, दशैँलगत्तै चयन प्रक्रिया अघि बढाईने

कर्णाली सरकारको नेतृत्व जीवनबहादुर शाहीले गर्ने

मुगु बस दुर्घटना अपडेट: चालकसहित ३२ को मृत्यु

राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई (पत्रसहित)