सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो

२०७८ असोज ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।

केही दिनअघि अस्ट्रेलियालाई उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने बारेमा अमेरिका, वेलायत र अस्ट्रेलियाबीच एउटा आणविक सम्झौता भएको थियो । अकस नाम दिइएको सो सम्झौतापछि फ्रान्स तीन ओटै देशसँग क्रुद्ध छ ।

यसअघि अस्ट्रेलियाले पनडुब्बी निर्माणका लागि फ्रान्ससँग अर्बौं डलरको सम्झौता गरेको थियो । तर, पूर्ववत सम्झौतालाई बेवास्ता गरेर उसले अमेरिका र वेलायतसँग नयाँ सम्झौता गरेपछि फ्रान्स अन्य देशसँग रिसाएको हो ।

अमेरिका र वेलायतसँग सम्झौता गर्नुभन्दा केही घन्टाअघि मात्र अस्ट्रेलियाले पेरिससँगको सम्झौताबाट हात झिकेको घोषणा गरेको थियो ।

दक्षिण चीन सागरमा बेइजिङको प्रभाव रोक्न तीन देशबीच सो सम्झौता भएको थियो ।

विदेशमन्त्री ड्रायनले तीन देशको पछिल्लो कदमले गम्भिर संकट निम्त्याएको बताए । यसअघि विवाद बढेपछि  फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट  आफ्ना दूत फिर्ता बोलाएको थियो । अवस्था पुर्नमुल्यांकन गर्न आफ्ना दूतहरु फिर्ता गरेको उनले बताए । वेलायत ‘निरन्तर अवसरवादी ’ भएकोले त्यहाँबाट आफ्ना दूत फर्काइरहन आवश्यक नरहेको उनले बताए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

किन चल्दै छ बंगलादेशमा इन्डिया आउट’ को अभियान ?

केजरीवाल पक्राउमा अमेरिकाको टिप्पणीः भारतको कडा आपत्ति

ट्रम्पको सम्पति बढेर ६.५ बिलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सुची भित्र

ब्राजिलमा बाढी र डुबान, २३ को मृत्यु, ५ हजार बिस्थापित

केजरीवालले जेलबाट सरकार चलाएपछि मुद्दा दायर