सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनगणनाः गाउँ पुगेका सुपरीवेक्षकलाई फोन र इन्टरनेटको समस्या

२०७८ असोज ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न कठिन भएको छ ।

घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिनुभयो । गत भदौ ३० देखि सुरुआत भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

घर, परिवार लगायतको तथ्याङ्क तयार गरेर पूर्ण विवरणका लागि तयारी भए पनि सङ्कलित विवरण अध्यावधि गर्न सुपरीवेक्षकलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको उहाँले बताउनुभयो । “तीन दिनमा एकैपटक तथ्याङ्क अद्यावधिक गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सदरमुकामै अवरोध भइरहने फोन र नेट दुरदराजमा के होला कुरै नगरौँ ।”

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलन र अध्यावधिक गर्न समस्या भएको हो । “गणनाका लागि एउटा एप छ सोही एपमा अनलाइन नभए पनि प्रविष्ट हुन्छ”,उहाँ भन्नुभयो, “हामीले तथ्याङ्क पाउन भने सङ्कलन भएको समयभन्दा निकै धेरै समय कुर्नुपर्छ ।”

जिल्लामा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्यऊर्जा सञ्चित हुन नपाउँदा बेलाबेलामा समस्या हुने गरेको छ भने कतिपय विद्युत् पुगेका टावरमा समेत विद्युत्मा आउने समस्याका कारणले पनि बेलाबेलामा समस्या आउने गरेको टेलिकमले जनाएको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ६८ हजार ६१३ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिनेछ । मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक १०÷१० वर्षमा जनगणना गरिन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

अनर एक्स ७ बी नेपाली बजारमा आउँदै

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

नेपाल सम्वत्‌को सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छः मन्त्री शर्मा

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री