सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री शाही

२०७८ असोज ३, आइतबार

काठमाण्डौः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताउनुभएको छ । सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सामाजिक न्यायसहितको समाजवादी व्यवस्था निर्माणमा सरकार अनवरतरुपमा अगाडि बढेको छ भन्नुभयो ।

सन्देशमा भनिएको छ, “सङ्घर्षको ऐतिहासिक उपलब्धिस्वरुप २०७२ सालमा आजकै दिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालगायत मूल्यमान्यतामा केन्द्रित भई विकास र समृद्धिको जनअपेक्षा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको छ ।”

सन्देशमा संविधानमा प्रस्तावित आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चिततासहित समाजवादी व्यवस्था निर्माणको दिशामा अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनका क्रममा आआफ्नो क्षेत्रबाट भएका कमि कमजोरीको समीक्षा इमान्दारितापूर्वक गर्न आग्रह गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारले राहतको विशेष प्याकेज ल्याउँछः मन्त्री बडू

मुख्यमन्त्री पोखरेलद्वारा ‘एन्फा टेक्निकल सेन्टर’ निर्माणस्थलको अवलोकन

प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउन बारको १५ दिने अल्टिमेटम (विज्ञप्ती सहित)

नेपाल स्काउटद्वारा युवा तथा खेलकुदमन्त्री दीक्षित

भूकम्पपछिको पुनःनिर्माणका अनुभव र सिकाइ बाँड्न अन्तरराष्ट्रिय सम्मेलन

नेपाली शान्ति सैनिकद्धारा कंगोमा विद्यालय पुर्नःनिर्माण

न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढ्यो : पूर्वन्यायाधीश फोरम (विज्ञप्ती सहित)

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

सिके राउतका १७ कार्यकर्तामाथि आपराधिक मुद्दा

बाढीपहिरा पीडितका लागि सरकारले राहत प्याकेज ल्याउँछः प्रधानमन्त्री देउवा

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन