सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महोत्तरीका २१ हजार नागरिक सेनाको शिविरबाट लाभान्वित

२०७६ पुष २३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाली सेनाले हालै महोत्तरीमा सञ्चालन गरेको साताव्यापी निःशुल्क शल्यक्रिया सहितको स्वास्थ्य  शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको उक्त स्वास्थ्य शिविर बारे जानकारी दिदै नेपाली सेनाले सो स्वास्थ्य शिविर हाल सम्मकै वृहत र सफल शिविरका रूपमा स्थापित भएको दावी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्त रूपमा सञ्चालित उक्त शिविरमा सिन्धली, धनुषा, महोत्तरी र सर्लाहीका जनता ठुलो सङ्ख्यामा उपचारका लागि पुगेका थिए ।

सो शिविरमा पुरुषको तुलनामा उपचार गर्न आउने महिलाको संख्या बढी रहेको थियो । शिविर मार्फत जुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्यूमर शल्यक्रिया गरी निकाल्ने कार्यसम्म भएको थियोे ।

८० जना विशेषज्ञ चिकित्सा सहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठूला गरी ३ सय २९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको सेनाले जनाएको छ । लामो समयदेखि आन्द्रामा प्वाल परेको, जटिल गर्भावस्थामा रहेका,हरनिया भएकाहरुले लाभ लिएको सगठनका संयोजक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीली जानकारी दिए ।

उक्त शिविरमा उपचार गर्न आउने कतिपय बालक विरामीमा जन्मजात मुटु प्वाल परेको तथा कुपोषणको समस्या भेटिएको थियो।  शिविर आयोजना क्षेत्रका बिरामीमा महिला पाठेघर खस्ने समस्या देखिएको थियो भने पुरुषमा धेरै मा दम, पित्त थैलीको पत्थरी र हर्निया भेटिएको सहायक रथि खत्रीले बताए ।

महोत्तरीको शिविरबाट सैनिक नागरिक सम्बन्ध विस्तारमा ठुलो योगदान पुगेको ठहर गर्दै उत्साहित भएको सेनाले निकट भविष्यमै नेपागन्जमा पनि यस्तै बृहत स्वास्थ्य शिविर संचालन गर्ने सोच बनाएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डाक्टर प्रतिभा धौभडेल मृत फेला

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

आरजु राणा देउवाले गराइन् शल्यक्रिया

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

महिला स्वास्थ्यकर्मीले नेतृत्व गरेको दुर्गमको स्वास्थ्य संस्था अब्बल बन्दै

क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप