सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बोलेरोको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु

२०७६ फागुण २, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: काभ्रेको साँगामा बोलेरो गाडीले ठक्कर दिंदा एकजना प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ ।

काठमाडौंबाट बनेपा तर्फ आइरहेको बा १९ च १३२३ नम्बरको नीजि बलेरो गाडीले ठक्कर दिंदा साँगा प्रहरी चौकीमा कार्यरत नवलपरासीको त्रिवेणी–८ घर भएका प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो ।

गाडीले ठक्कर दिना साथ उपचारको धुलिखेल अस्पताल लगिएकोमा गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेलले जानकनरी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख इन्स्पेक्टर योगेन्द्र तिमल्सिनाका अनुसार असई गुरुङ डिउटीमा रहेको बेला बाटो काट्न लाग्दा उक्त गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने गाडी र गाडी चालक भक्तपुर जिल्ला भक्तपुर–१० निवासी वर्ष ३१ का विक्रम जाकी बन्जारलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार मृतक गुरुङको शत पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

आइतबारदेखि मौसममा सुधार हुने

घोप्टेभिरमा सडक ढलान

कस्तो छ आजको मौसम ?

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

चैते धानमा किसानको आकर्षण बढ्दै

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु