सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जर्मन दूतावासकाे असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र

२०७६ फागुण १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालस्थित जर्मन दूतावासले असुरक्षा बढेको भन्दै नेपाल सरकारलाई पत्र लेखेको छ ।

दुतावासले पत्रमा दूतावास परिसरमा भएको अतिक्रमणलाई हटाउन माग गरेकाे छ । दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा अतिक्रमण रोक्न नेपाल सरकारले उचित कदम नचालेकोमा असन्तुष्टी समेत जनाइएको छ ।

दूतावासले शिशिर नाहाटाको प्राविधिक टिमले दूतावासको पर्खाल भत्काउने र त्यसलाई आफ्नो हुने गरी निर्माण गर्ने घोषणा गरेको दाबीपछि अतिक्रमण बढेको समेत पत्रमा उल्लेख गरेकाे छ ।

जर्मन दूतावासले आफ्नो सम्पत्तिको रक्षा गरिदिन सुरक्षा माग्दै २ महिना अघि पनि पत्र लेखेको थियो । सो पत्रको वेवास्ता भएपछि दूतावासले परराष्ट्र मन्त्रालयलाई पुनः अर्को पत्र लेखेकाे हो ।

पहिलो पत्र सन् २०१९ डिसेम्बर ११ र दोस्रो पत्र सन् २०२० जनवरी ३० का दिन परराष्ट्रलाई लेख्दै भियना कन्भेन्सन विपरीत कार्य भएकोमा आपत्ति समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देउवाले गरे खुमबहादुर खड्काको शालिक अनावरण

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

आइतबारदेखि मौसममा सुधार हुने

घोप्टेभिरमा सडक ढलान

कस्तो छ आजको मौसम ?

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

चैते धानमा किसानको आकर्षण बढ्दै

लोकमार्ग छेउछाउमा बढ्दै बस्ती

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु