सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लव समुहका स्याङ्जा सेक्रेटरी गोकुल पराजुली सहित ३ जना प्रहरी नियन्त्रणमा

२०७६ भाद्र २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रतिबन्धित नेकपा (विप्लव) समुहका स्याङ्जा सेक्रेटरी गोकुल पराजुली सहित तीन जनालाई प्रहरीले उच्च अदालतको गेटबाहिरबाट पुनः पक्राउ गरेको छ ।

उच्च अदालत पोखराले साधारण तारेखमा रिहा गर्न आदेश दिए लगत्तै रिहा भएका गोकुल पराजुली लगायत तीनैजना जनालाइ प्रहरीले  पुनः पक्राउ गरेको हो । यसरी पक्राय गर्ने क्रममा मिसिरा नेपाली भने प्रहरी घेराउबाट भाग्न सफल भएकी छिन् । एनसेल टावरमा क्षति पुर्याएको अभियोगमा जिल्ला अदालत स्याङ्जाले दुई लाख रूपैयाँ प्रति व्यक्ति र विष्फोटक पदार्थ सम्बन्धि मुद्दामा प्रति व्यक्ति दुई लाख २० हजार धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको थियो ।

जिल्ला सेक्रेटरी गोकुल पराजुली लगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि उनिहरूलाइ कारागार चलान गरिएको थियो । जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेतृ मिसिरा नेपाली रहेका छन् ।

स्याङ्ग्जा जिल्ला अदालतको उक्त आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट बारे फैसला गर्दै उच्च अदालत पोखराले उक्त धरौटी रकम माग अस्वाभाविक भन्दै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

गृहमन्त्री लामिछाने र बेलायती राजदूतबीच भेट

बा र भगवान प्रश्नभन्दा माथि छन्: गगन थापा

रिट दर्ता अब अनलाइनबाटै, सर्वोच्चले माग्यो यस्तो विवरण

महिलामन्त्री चौधरी र फिनल्याण्डका राजदूतबीच भेट

नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच वान टू वान भेटवार्ता

आठ डीएसपी एसपीमा बढुवा सिफारिस