सदाबहार खबरको रफ्तार ....
बैसाख १५, २०८१ शनिबार
April 27, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा [तस्बिरहरू]

२०८० फागुण १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाराका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै बिहीबार बारामा प्रदशर्न गरेका छन्।

उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका स्थित शहिद चोकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्दै विरोध जनाएका थिए।

उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि प्रहरी र आन्दोलनरत किसानबीच केही बेर तनाब उत्पन्न भएको थियो। उनीहरूले सडकमा प्रदर्शन गर्दै किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै दुग्ध किसानसँग आन्दोलन गर्ने बाहेका अन्य कुनै उपाय बार्की नरहेको बताए।

दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता दिन दिन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए।

यस्तै केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गरेको तथा भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वोर सापकोटाले बताए।

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}

मुआब्जा लिएपछि घर भत्काइँदै

नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

यस्तो छ नवनियुक्त मन्त्रीको शपथग्रहण समारोह [तस्बिरहरू]

दादुरा-रुबेला खोप अभियान

छाब्दीमा भक्तजनको घुइँचो

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा (फोटोफिचर)

मिटरब्याजी पीडितहरुले काठमाडौंमा गरे प्रदर्शन

सडकमै सुतेर विरोध प्रदर्शन गर्दै मोही किसान

एमाले केन्द्रीय कमिटी बैठक सुरु {फोटोफिचर}

कांग्रेस महासमिति बैठकको रौनक [तस्बिरहरू]

माओवादी बिधान सम्मेलन (फोटोफिचर)