सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रविले भन्छनः जीबी राईका बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?

२०८१ बैसाख ४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूले ऋण नलिएको बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले लेखेका छन्, ‘अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, प्थ्ऋ फर्म, तीन पुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात् मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन् कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

यस्तै लामिछानेले जीबी राईका सबै बदमासीको ठेक्का आफूले लिनुपर्ने हो भन्दै प्रश्नसमेत गरेका छन्। जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरिसकेको छ। सहकारीका संरक्षक जिबी राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित २८ जनाविरूद्ध कार्यालयले अभियोगपत्र दायर गरेको हो।

सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोप उनीहरुमाथि छ। अभियोगपत्रमा सहकारीले देखाएका ऋणीहरूको सूची छ, जसमा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम पनि समावेश छ।

गृहमन्त्री लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेका बेला उनको नाममा ऋण खडा गरेर गोरखा मिडिया नेटवर्कको आइएमई खातामा एक करोड ९६ लाख रूपैयाँ पठाइएको अभियोगपत्रमा उल्लेख छ।

ुउक्त रकम श्री रवि लामिछानेको नाममा ऋण खडा गरी २०७७ चैत १८ गते श्री गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंकको खातामा सेवा शुल्क बापत चार लाख कट्टी गरी संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिन्छ,ु अभियोगपत्रमा भनिएको छ। सूचीमा नाम भए पनि गृहमन्त्री लामिछानेलाई प्रतिवादी भने बनाइएको छैन।

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेलाई प्रतिवादी कायम गरेको थिएन। यसअघि सहकारी दर्ता रजिस्ट्रारको कार्यालय लुम्बिनीको प्रतिवेदनमा पनि रवि लामिछानेका नाममा एक करोड रूपैयाँ गोर्खा मिडियामा गएको उल्लेख छ।

सहकारीसम्बन्धी कानुनअनुसार सहकारी सदस्य नभएकालाई ऋण दिन पाइँदैन। कम्पनीले पनि सहकारीको सदस्य बन्न र ऋण लिन नपाउने कानुनी व्यवस्था छ। तर सुप्रिमले गोर्खा मिडियालाई ऋण दिएको छ। गोर्खा मिडिया ग्यालेक्सी टिभी सञ्चालक कम्पनी हो।

मुद्दा दायर गरिएकामा जिबी राई, ओमप्रकाश गुरूङ, कुमार रम्तेल, दुर्गा चापागाईं पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, निता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी छन्।

उक्त मुद्दामा मंगलबारदेखि बहस अगाडि बढ्नेछ। प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरूङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने र नीता थापा मगरलाई पक्राउ गरेको छ।

पक्राउ परेका बाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको छ। अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर एक हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान