सदाबहार खबरको रफ्तार ....
बैसाख २१, २०८१ शुक्रबार
May 3, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !

२०८१ बैसाख ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ ।

प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा मिठाई मगाएर खाइरहेको आरोप लगाएको हो ।

ईडीले केजरीवाललाई टाइप २ मधुमेह भएको तर जेलमा आलु पुरी, आँप र मिठाई खाइरहेको बताएको छ । केजरीवाल मदीरा नीति घोटाला मुद्दामा १८ दिनदेखि तिहाड जेलमा छन् । अदालतले उनलाई घरको खाना खान अनुमति दिएको छ ।

केजरीवालका वकिल विवेक जैनले ट्रायल कोर्टमा केजरीवालका डाक्टरसँग भिडियो कन्फरेन्समार्फत मेडिकल परामर्शको माग गर्दै याचिका दायर गरेका थिए । उनले केजरीवाल टाइप–२ मधुमेहका बिरामी भएको र उनको रगतमा चिनीको मात्रा निरन्तर उतारचढाव हुने तर्क गरेका थिए ।

जवाफमा ईडीले अदालतलाई केजरीवालले जानाजानी तिहाड जेलमा मिठाई खाइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गाजामा नरसंहार गरेको भन्दै इजरायलसँग कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कोलम्बियाको घोषणा

राष्ट्रपति सीद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको आग्रह

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना

भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालका पाँच दललाई निमन्त्रणा, को को जादैछन् ?

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा

इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : ब्लिन्केन

अदालतको अवहेलना मुद्धामा ट्रम्प दोषी ठहर

छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिनामा वृद्धि

सेनाका ५ युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

इजरायल र हमासबीच युद्ध विरामको संकेत