सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धर्मले जस्तै लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको छ: राष्ट्रपति पौडेल

२०८१ बैसाख ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्मलेजस्तै संघीय लोकतान्त्रिक गणतन्त्रले पनि नैतिक मूल्य र सदाचार खोजेको बताएका छन् ।

उनले भगवान महावीरको २६२३ औं जन्मोत्सवका अवसरमा नेपाल जैन परिषदद्वारा आइतवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सबै धर्मको मूल लक्ष्य भनेको अधिकतम मानव जातिको कल्याण भएको पनि स्पष्ट पारे । राष्ट्रपति पौडेलले धर्मको लक्ष्य सुख, शान्ति, प्रगति, अनुशासन, सभ्य एवम् सुसंस्कृत समाज र देशको निर्माण भएको पनि बताए ।

“हाम्रो जस्तो विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृति भएको देशमा सबै नेपालीहरूबिच रहेको धार्मिक सहिष्णुता, मेलमिलाप र सद्‌भाव नेपालीको विशिष्ट पहिचान हो, विविधतामा एकता र त्यसकै जगमा सुदृढ राष्ट्रिय एकता हाम्रो नेपाली मौलिकपन हो जो विश्वकै लागि अनुकरणीय छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भने ।

उनले धर्म त्यागमा हो, भोगमा होइन भन्दै भावशुद्धि र चरित्रशुद्धि भएन भने आध्यात्मिक उपलब्धि हुन नसक्ने बताए । ‘जीवन व्यवहारमा नैतिक मूल्यहरूको स्थापना र सदाचार प्रथम प्राथमिकता हो, आज हाम्रो समाज, राजनीति र हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले पनि त्यही नैतिक मूल्य र सदाचार खोजेको छ’, राष्ट्रपति पौडेलले भने ।

उनले २६२३ औं जन्म कल्याणक दिवसको अवसरमा सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दाजु–भाइ, दिदी–बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपालमा जैन धर्मावलम्बीहरूको प्रतिनिधि संस्था नेपाल जैन परिषदको अग्रसरतामा सदाझै भगवान महावीरको २६२३ औं जन्म जयन्तीलाई अहिंसा दिवसको रुपमा मनाउनु सकारात्मक र समय सान्दर्भिक भएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह