सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट : कर्णालीद्वारा गण्डकी पराजित

२०८१ बैसाख १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो । गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी, रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ तथा ईश्वर क्षेत्रीले १२ रन बनाए । कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६८ रन बनाएको थियो ।

कर्णालीका लागि विपिन रावलले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । त्यसैगरी, रवीन्द्र शाहीले ३३, दिनेश अधिकारीले अविजित २९ तथा अर्जुन घर्तीले २८ रन बनाए ।

गण्डकीका लागि अमृत गुरुङले चार विकेट लिए । यस जितसँगै कर्णालीले प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै