सदाबहार खबरको रफ्तार ....
बैसाख २३, २०८१ आइतबार
May 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धादिङको आयुर्वेद औषधालय १६ शय्यामा स्तरोन्नति

२०८१ बैसाख १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धादिङको नीलकण्ठ नगरपालिका-३, धादिङबेसीमा सञ्चालित जिल्ला आयुर्वेद औषधालयलाई १६ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।

आयुर्वेद औषधालयलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा बिस्तार गरिएको हो । चिकित्सालयले अब १६ शय्याको सेवा प्रदान गर्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा अमुल्य दाहालले बताउनुभयो । उहाँले चिकित्सालयको भवन निर्माण गरी सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।

धादिङ जिल्लामा १० वटा आयुर्वेद संस्था छन् । चिकित्सालयसहित चार वटा आयुर्वेद औषधालय र पाँच वटा सेवा केन्द्र सञ्चालनमा छन् । चिकित्सालयले सेवा आरम्भ गरेपछि बिरामीलाई चौबिसै घण्टा सेवा दिन सकिनेछ । सोह्र शय्याको अस्पताल सञ्चालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भइरहेको छ ।

औषधि न्यून मात्रामा उपलब्ध हुने भएकाले पनि सेवाग्राहीलाई सहजरुपले सेवा दिन नसकेको चिकित्सालय धादिङका प्रमुख दाहालको भनाइ छ । चिकित्सालयले वैकल्पिक उपचार विधि अन्तर्गत बहिरङ्ग सेवा, प्याथोलोजी ल्याब, अकुपञ्चर सेवा, पूर्वकर्म र पञ्चकर्म सेवा, फिजिओथेरापीलगायतको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत ३० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । आमा समूहमा भान्साघर औषधालय कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यक्रम अन्तर्गत भान्सामा चल्ने खानेकुरा र स्वादिलो बनाउन प्रयोग हुने मसलाको मात्राको विषयमा सिकाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने

चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा

नारायणस्थान स्वास्थ्य चौकीबाट डिजिटल खोप कार्डको शुभारम्भ

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील: प्रधानमन्त्री

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर

गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो