सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्न आवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित भएको मिति बैशाख १२ गतेदेखि २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने जनाएको छ । साथै विशेष चलचित्रका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने छ ।

त्यस्तै आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८० वैशाख १ गते देखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन् । तर, आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरु विधागत रुपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् । विधागत रुपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ ।

साथै आवेदनसँग सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन आग्रह गरको छ ।

बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने आवेदन फाराम पूर्णरूपमा भरी पेश गर्नुपर्ने बताएको छ ।

बोर्डले आवेदन दिदा ध्यान दिन निम्न बुँदामा जानकारी दिएको छ- 

– आवेदन फाराममा उल्लेख गरिएका विवरण र चलचित्रमा देखिने विधागत नाममा मेल खानु पर्नेछ।
– चलचित्र अवलोकनका लागि अवलोकन पश्चात फिर्ता हुने गरी बोर्डबाट माग गरिएको ढाँचामा चलचित्र उपलब्ध गराउनु पर्नेछ।
– आवेदन दिइने चलचित्र कथानक हुनुपर्नेछ।
– आवेदनसाथ बोर्डबाट उपलब्ध गराईएको ढाँचामा मञ्जुरीनामा समेत संलग्न गरी पेश गर्नुपर्नेछ ।
– विशेष चलचित्रको हकमा चलचित्रको संक्षिप्त कथासार पेश गर्नुपर्नेछ ।
– सहभागिता सम्बन्धी अन्य शर्तहरु आवेदन फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।
– सहभागिता सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ ।
– यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
– यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
–  आवेदन फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी  प्राप्त गर्न सकिनेछ ।
– आवेदन फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई-मेल ठेगाना  [email protected] मा पठाउन सकिनेछ ।
– चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनु पर्नेछ ।आवेदनसाथ चलचित्र जाँच प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
– अन्य सर्तहरु आवेदन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

अभिनेता अल्लु अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा

महाजात्राले मनायो ५१ दिन

‘शोले’को रेकर्डलाई तोड्ने भारतको पहिलो फिल्म

सलमानको नयाँ फिल्ममा रश्मिकाको इन्ट्री

आठौँ सातामा ‘महाजात्रा’: शनिवार ५१ औँ दिन मनाउँदै

अभिभावक बन्दै जस्टिन र हेली

पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ

‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेता मुकुन अनुबन्धित

तनहुँमा चलचित्र निर्माण कार्यशाला

कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?

बेलायतमा नेपाली कन्सर्ट हुँदै