सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रियसभा गृहमा करिब ५ सय लेखिकाका एक हजार पुस्तक प्रदर्शनीमा

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक तथा पुरुष लेखकले महिलाका विषयमा लेखेका, अनुवाद गरेका तथा सम्पादन गरेका पुस्तक राखिएका छन् ।

जसमा करिब ५ सय लेखिका/लेखकका १ हजार भन्दा धेरै शीर्षकका पुस्तक छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सले प्रदर्शनीको आयोजना गरेका हुन् ।

प्रदर्शनीमा नेपाली, अंग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ् भाषा, राई भाषाका पुस्तक छन् । यीमध्ये अंग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषाभाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।

प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ विषयक सम्वाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यस सम्बादमा पारिजातलाई चिनेका र संगत गरेका व्यक्तित्वलाई बोलाएर उहाँको स्मृतिमा पारिजात कस्ती हुनुहुन्थ्यो, अनुभव सुनाउन लगाइन्छ । सम्वादमा नारी विषयक लेखनमा सम्भावना, चुनौती र समस्या समाधानका विषयमा समेत छलफल हुने गरेको छ । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह