सदाबहार खबरको रफ्तार ....
बैसाख ३१, २०८१ सोमबार
May 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै

२०८१ बैसाख १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ।

यस वर्ष झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले बताए। हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको उनको धारणा छ। कपिलवस्तु तथा झापामा भन्ने उक्त कार्यक्रम असफल भएको उनको उनले बताए।

यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ।

आम औषधि सेवन अभियानको कभरेज बढाउने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाललका १९ जिल्लाहरुले निवारणको प्रमाण पत्र समेत पाइसकेको अवस्था छ। हातीपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ। जसमा आइभरमेक्टीन,डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

विषादी प्रयोगबारे सचेत बन्दै किसान

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

एकै परिवारका पाँच जनामा हात्तीपाइले

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

फेरो अर्को अनसनमा डा. गोविन्द केसी

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट बञ्चित गर्ने निर्णय

गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

थपिए ३९ जना डेंगु सङ्क्रमित

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा