सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ट्राफिकको लापसे चेकिङमा ६ चालक नियन्त्रणमा

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना ६ ख ६१२७ नम्बरको ट्रकका चालक ३१ वर्षीय भिमसेन कोइराला, बागमती प्रदेश-०१-०२९ च २८११ नम्बरको निजि माइक्रो बसका चालक २७ वर्षीय नरेश थापा, बागमती प्रदेश-०१-००४ क ३०३२ नम्बरको  निजि माइक्रो बसका चालक २७ वर्षकै सुरज रम्तेल, बा २ ख ७४७ नम्बरको भाडा माइक्रो बसका चालक २२ वर्षीय सुमन खड्का, बा ५ ख ९४२ नम्बरको भाडा माइक्रो बसका चालक ३१ वर्षीय दल बहादुर राना र ना ८ ख १५७५ नम्बरको भाडा बसका चालक ४२ वर्षीय लोकराज केसीलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाकोसंयुक्त टोलिले चेक गर्दा‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेलापरेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोटपठाइएको छ ।

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीयकार्यभएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले बताए ।

यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने  भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा  खबर गर्नुहुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाडौं र ललितपुरबाट १४ जना जुवाडे पक्राउ

घरका सदस्यलाई बाँधेर डकैती गर्ने २ जना पक्राउ

स्ट्रिप च्याट मार्फत अश्‍लिल यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

वैदेशिक रोजगारमा टर्की पठाउने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ

सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ

दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा मानव तस्करी

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

हत्या गरेको अभियोगमा चार जना पक्राउ

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर