सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रास्वपाका उम्मेदवार लिम्बूलाई कारबाही गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले इलाम-२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

लिम्बूले मतदानका क्रममा आफ्नो पार्टीको चुनाव चिह्न घण्टीको ब्याच कोटमा लगाएका थिए । उक्त तस्वीर सामाजिक सञ्जालमा आफैंले पोस्टसमेत गरेका थिए । प्रमुख आयुक्त थपलियाले उक्त कार्य निर्वाचन आचारसंहिताअनुसार नभएको भन्दै कारवाही गर्न जिल्ला निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएको बताए ।

‘इलाम-२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुबाट आचारसंहिता उल्लंघन भएको देखियो, स्पष्टीकरण सोध्छौं,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआए कारबाही गर्छौं ।’ उनले अनुगमन समितिलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारवाही प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको बताए ।

‘रास्वपाका उम्मेदवारले आफ्नो पार्टीको चुनाव चिह्नको घण्टीसहित गएर मतदान गरेको जानकारी हुन आएको छ,’ उनले भने, ‘तदनुसारकै प्रक्रिया अघि बढाउन र अन्य कानूनी व्यवस्थासहित थप आदेश दिनु नपर्ने गरी कारवाही गर्न हामीले निर्देशन दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाण्डौं उपत्यकामा बन्ने स्मार्ट सिटिको नयाँ प्रस्ताव मन्त्रिरिषदमा लगिने

मधेसमा माओवादीले लियो समर्थन फिर्ता

जसपा नेपालको सरकारबाट बाहिरिने तयारी

काठमाडौँ उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छः मन्त्री भण्डारी

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त

सभामुखले बोलाएको बैठकमा बिना निष्कर्ष सकियो, कांग्रेस अडानमा कायम

राजनीतिक स्थायित्वका लागि सबैपक्ष जुटौँ : मन्त्री जोशी

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले निर्वाचन आयोगविरुद्ध मुद्दा दायर गर्दै

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनहुन्छः कांग्रेस

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक