सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संयुक्त राष्ट्र प्रमुखद्वारा स्वच्छ ऊर्जाका लागि निष्पक्ष खनिज स्रोत सुनिश्चित गर्न पहल

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार स्वच्छ ऊर्जा परिवर्तनका लागि लागि आवश्यक खनिजहरूको खरिद र प्रयोगमा निष्पक्षता, दिगोपन र मानव अधिकारलाई एकीकृत गर्ने उद्देश्यले नयाँ पहल सुरु गर्नुभएको छ ।

सरकार, सङ्गठन र राष्ट्रसङ्घीय निकायहरूको विविध समूहलाई एकताबद्ध गर्ने उक्त पहलले ‘क्रिटिकल एनर्जी ट्रान्जिसन मिनरल्स’ मा प्यानलको सुरुआत गर्दछ  । प्यानललाई ऊर्जा सङ्क्रमणमा वातावरणीय र सामाजिक मापदण्डहरू कायम राख्न साझा र स्वैच्छिक सिद्धान्तहरूको सेट विकास गर्ने जिम्मेवारी दिइएको छ ।

महासचिव गुटेरेसले प्यानल लन्चका क्रममा भन्नुभयो, “नवीकरणीय ऊर्जाद्वारा सञ्चालित संसार महत्त्वपूर्ण खनिजहरूको लागि भोको संसार हो ।”

उक्त पहल पहिलो पटक दुबईमा कोप–२८ जलवायु शिखर सम्मेलनमा घोषणा गरिएको र सेप्टेम्बरमा उच्चस्तरीय संयुक्त राष्ट्र महासभा सप्ताहअघि आफ्नो प्रारम्भिक सिफारिसहरू प्रस्तुत गर्न तयार रहेको छ । कोप–२८ भनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क कन्भेन्सनको पक्षहरूको सम्मेलनको २८ औँ बैठक हो ।

सौर्य प्यानल, पवन टर्बाइन र विद्युतीय सवारी जस्ता नवीकरणीय ऊर्जा प्रविधिहरूका लागि महत्त्वपूर्ण खनिजहरूको माग बढेको छ । यसको उदाहरणका लागि राष्ट्रसङ्घीय व्यापार तथा विकास निकायले उच्च दक्षता ब्याट्री र इलेक्ट्रोनिक्सका लागि आवश्यक लिथियमको माग १५ हजार प्रतिशतभन्दा बढीले बढ्न सक्ने अनुमान गरेको छ ।

त्यस्ता बढ्दो मागहरूले धेरै विकासशील देशहरूका लागि विशेषगरी अफ्रिकामा महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । अफ्रिकाले ऊर्जा सङ्क्रमणका लागि महत्त्वपूर्ण दर्जन धातुहरूको विश्वव्यापी भण्डारको पाँचौँ भाग ओगटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

प्रधानमन्त्रीमाथि गोली प्रहार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

बेइजिङ भ्रमण गर्दै पुटिन