सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कतारले युक्रेनी संसद्को मानवअधिकार आयुक्त कार्यालयलाई ३० लाख अमेरिकी डलर सहयोग गर्ने

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कतारले रुससँगको युद्धबाट प्रभावित परिवार र बालबालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले प्रभावकारी सेवाहरू प्रदानका लागि आवश्यक पूर्वाधार सुदृढीकरण गर्न युक्रेनी संसद्को मानवअधिकार आयुक्तलार्ई  ३० लाख डलर प्रदान गर्ने घोषणा गरेको अल जजिराले जनाएको छ ।

कतारको विदेश मन्त्रालयले कोषको उद्देश्य युक्रेनमा बालबालिका, सशस्त्र द्वन्द्वबाट प्रभावित नागरिक र समग्र युक्रेनीको जीवन सुधार गर्न डिजाइन गरिएका पहलहरूलाई सहयोग गर्नु रहेको जनाएको छ ।

“यसबाहेक कोषले युक्रेनमा द्वन्द्व प्रभावित परिवारहरूलाई सहयोग प्रदान गर्न आवश्यक कानूनी सहयोग बढाउन तथा अत्यावश्यक पूर्वाधार सुधारमा योगदान गर्नेछ”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

मन्त्रालय र आयुक्तको कार्यालयले पनि मानव मर्यादाको सम्मान हुने  तथा हरेक व्यक्तिको अधिकारको रक्षा हुने जनाउँदै संसारप्रति आफ्नो समर्पण दोहोरÞ्याएका छन् ।

यस हप्ताको सुरुमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ मा युक्रेन आक्रमण गरेपछि रुसमा जबरजस्ती निर्वासित गरिएका १६ युक्रेनी बालबालिका हाल कतारमा हुर्किरहेको बताउनुभएको थियो ।

“हजारौँ केही जबरजस्ती निर्वासित युक्रेनी बालबालिका रुसमा छन्, समय बित्दै जाँदा उनीहरू आफ्नो परिवार र मातृभूमिबाट अलग भइरहेको महसुस गर्नु हृदयविदार छ, हामीले मिलेर हरेक बालबालिकालाई घर ल्याउनका लागि हरसम्भव प्रयास गर्नुपर्छ । विश्वभरमा यो कठिन कार्यमा हाम्रो सहयोग गरिरहेकामा म धन्यवाद दिन्छु”, उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभयो ।

यसैगरी युक्रेनी राष्ट्रपतिले युक्रेनलाई सहयोग गरेकोमा कतारप्रति कृतज्ञता व्यक्त गर्दै महत्त्वपूर्ण सहयोग गरेकामा कतारका अमिर शेख तमिम बिन हमद अल–थानीप्रति आभारी र खुशी भएको उल्लेख गर्नुभयो । यस मामिलामा निरन्तर फलदायी सहयोगका साथसाथै थप बालबालिकाको फिर्तीका लागि तत्पर रहेको उहाँले बताउनुभयो ।

परिवारहरूको पुनर्मिलन गर्न जारी मध्यस्थता प्रयासको एक हिस्साका रूपमा स्वास्थ्य सेवा र सहयोग प्रदान गर्न कतारको राजधानी दोहामा २० युक्रेनी तथा रूसी परिवार आइपुगेको केही दिनपछि जेलेन्स्कीको टिप्पणी आएको अल जजिराले जनाएको छ ।

यसबाहेक युक्रेनका अनुसार सन् २०२२ मा मस्कोले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि रुसले १९ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको छ । तीमध्ये चार सय भन्दा कम मात्र बालबालिका घर फर्केका छन् भने बाँकी बेखबर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

प्रधानमन्त्रीमाथि गोली प्रहार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

बेइजिङ भ्रमण गर्दै पुटिन

अफगानिस्तानमा चालिस हजार बालबालिका घरबारविहीन