सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले काभ्रेको पनौतीमा २ अर्ब लगानीमा सेक्युरिटि प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) स्थापना गरे पनि राहदानीको छपाइको काम भने बाहिरबाट गर्दै आइरहेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको नाममा आएको एचपी इन्डिगो ६ के सेक्युर प्रेस स्थापना गरेको छ । सो प्रेसले राहदानी, अन्तःशुल्क स्टिकरलगायतको काम सजिलै गर्न सक्ने क्षमता राख्छ भनिएको छ । तर, सरकारले सो प्रेसको सदुपयोग गर्न सकेको छैन ।

करोडौं रुपैयाँ लगानीमा काभ्रेमा स्थापना भएको सो प्रेसबाट पासपोर्ट र अन्तःशुल्क स्टिकर छपाइको काम हुने भए पनि प्लास्टिकले छोपेर राखिएको छ । १ सय ७७ रोपनी जग्गामा पार्क बनाउने र त्यही उच्च गुणस्तरको सेक्युरिटी मेसिन सञ्चालन गर्ने तयारी ग¥यो । त्यही क्रममा गएको सरकारले दुई सेक्युरिटी मेसिन किनेको हो । तिनको परीक्षण गरेको पनि ३ वर्ष भएको छ । तर, सो मेसिनबाट कुनै पनि काम भएको छैन ।

२०७८ पुसमा दुई ‘हाई सेक्युरिटी डिजिटल प्रिन्टर प्रोडक्सन सिस्टम’ ल्याएर सो प्रेसबाट नमुना छपाइको काम पनि भएको थियो । मेसिनको अवस्था ठिक हुँदाहुँदै पनि प्राविधिक र सञ्चालन गर्ने कर्मचारीको अभाव देखाएर थन्क्याएर राखिएको छ । सरकारले सुरक्षण मुद्रण प्रेस ल्याएर पनि प्राविधिक अभावका कारण काम गर्न नसकेको भन्नु लाजमर्दो विषय बनेको छ ।

सरकारले विकास समिति ऐन २०१३ मा भएको वैधानिक व्यवस्थाअनुसार सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश जारी गरेको थियो । सुरक्षण मुद्रणसम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, राहदानी, हुलाक टिकट, अन्तःशुल्क स्टिकर, बैंक नोट, स्मार्ट कार्ड, चेकबुक आदिको मुद्रणका लागि सुरक्षण प्रेसको स्थापना गरी सञ्चालन गर्ने काम त्यहाँ तोकिएको छ ।

गठन आदेशमा सुरक्षण मुद्रण केन्द्रले राहदानी, स्मार्ट कार्ड, टिकट, राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, बैंक नोट, चेक बुक, अन्तःशुल्क स्टिकरलगायत मुलुकभित्रै छाप्ने उद्देश्यसहित सेक्युरिटी प्रेस खरिद तथा स्थापना गर्ने उल्लेख छ ।

सुरक्षण मुद्रणसम्बन्धी अध्ययन अनुसन्धान गर्ने÷गराउने, सुरक्षण मुद्रणसम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, आर्थिक स्रोत जुटाउने, भौतिक पूर्वाधार तयार गर्नेलगायत काम गर्नुपर्नेलगायतका विषय पनि त्यहाँ उल्लेख छन् ।

एकातिर सरकारले मेसिन थन्काएर राखेको छ भने अर्कोतिर महँगो मूल्यमा राहदानी छपाइको काम निजी कम्पनीबाट हुँदै आइरहेको छ । पासपोर्टको काम बाहिर छाप्नुपर्दा नागरिकको व्यक्तिगत गोपनीयता र डाटा सुरक्षाको चुनौती छ भने अर्कोतर्फ महँगो मूल्य पनि तिर्नुपर्ने बाध्यता छ ।

सुरक्षण मुद्रण केन्द्र स्वेदशबाटै छपाउने र डाटा सुरक्षाका लागि छिट्टै गर्ने तयारी गत वर्ष नै गरेको भए पनि कार्यकारी निर्देशक भ्रष्टाचार मुद्दामा मुछिएको बहानामा निजी कम्पनीलाई पासपोर्ट छपाइको कामले निरन्तरता पाइरहेको हो ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गिरीबन्धु टि–इस्टेटको सर्वोच्चको फैसलाप्रति एमाले अध्यक्ष ओली रुष्ट

बालमन्दिरको जग्गा हडप्ने विशाल ग्रुपको योजना

मिडिया एलायन्सद्वारा प्रधानमन्त्री–सञ्चारमन्त्रीसमक्ष मिडिया संकट अवस्थावारे जानकारी

उद्योग अगाडि खुम्चियो राजमार्ग

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने