सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पशुपंक्षीको हेरचार, खुवाउने देखि चराउने र स्वस्थ राखी उत्पादन बढाउनेबारे सचेतना फैलाउने उदेश्यले शनीवार यहा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

विश्व भेटेरीनरी दिवसको अवसर पारेर भेटेरीनरी अस्ताल तथा पशु सेवा विकास केन्द्र सप्तरीको आयोजनामा सदरमुकाम राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विकास केन्द्र कार्यालय परिसरबाट सूरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनःकार्यालयमा आएर प्रवचन कार्यक्रममा परिणत भएको थियो । पशुपंक्षीलाई स्वस्थ्य राखौं, मानव समुदायलाई शुद्ध पोषणयुक्त उत्पादन दिऊँ,पशुपंक्षीलाई स्वस्थ्य राखौं, उत्पादन बढाऔं, स्वच्छ उत्पादन गरी मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाऔं, पशुपंक्षीको रक्षा, पशुपालकको सुरक्षा लगायतका नाराबाजी गर्दै सहभागीहरु बजारको मुख्य भागको परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात आयोजित कार्यक्रममा केन्द्रका प्रमुख डा.राम पवित्र दास, पशु विकास अधिकृत सूर्यनारायण शर्मा लगायतले पशुपंक्षीको प्रबद्धनले मानवले पोषणयुक्त आहारा पाउनुका साथै स्वरोजगारको अवस्था समेत सिर्जना हुने बताए ।

उनीहरुले पशुपंक्षीको उत्पादकत्व बढाई जनसमुदायलाई शुद्ध र पोषणयुक्त आहारा उपलब्ध गराउनुका साथै पशुपालकलाइ यसको हेरचार र कम लगातमा बढी आय आर्जन गर्ने प्रविधी’bout पनि आवश्यक ज्ञान दिने गरिएको बताए ।

जिल्लालाई पशुपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न तथा पशुपालकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम संचालन गरिएको सो अवसरमा केन्द्रले जानकारी गराएको छ । राजधानी दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राइम बहुउद्देश्यीय सहकारी ठगी: डेढ अर्ब अपचलनमा ८ पक्राउ

राष्ट्रपति पौडेलले पाएनन् धन्यवाद

कर्मचारीका सेवासुविधा समयानुकूल र आकर्षक बनाइने

कांग्रेसको निसाना अब गृहमन्त्री लामिछानेसँगै एमाले अध्यक्ष ओलीतिर

विपन्न बालबालिकाको लागि ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना, जम्मा भयो १३ लाख ९९ हजार

उपेन्द्रलाई सहयोग गर्न महन्थद्वारा अस्वीकार

संसद् खुलाउन पहल

सरदरभन्दा बढी वर्षा हुने

केयरगिभरमा इजरायल जान अन्ठाउन्न जनाको भिसा जारी

सरकारबाट जसपा नेपाल बाहिरियो, जसपा भित्रियो

दुध खरिद सुनिश्चित दैनिक सात हजार लिटर खरिद गरिने

केन्द्रीय बैङ्कको तथ्याङ्कमा बजारभाउ घट्यो,उपभोक्ता भने महँगो तिर्न बाध्य