सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हमासद्वारा दुई इजयराइली बन्धकको भिडिओ सार्वजनिक

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हमास समूहले गत वर्षको ७ अक्टोबरमा इजरायलमा आक्रमण गरी बन्धक बनाएका अर्का एक व्यक्तिको भिडिओ जारी गरेको छ।

हमासले बन्धक बनाएकाहरु जारी युद्धको क्रममा हताहत भइसकेको आशंकाका बीच हमासले बन्धकको भिडिओ सार्वजनिक गरेको हो। हमासको नियन्त्रणमा रहेका इजरायली नागरिक ओमरी मिरानले आफू २ सय २ दिनदेखि हमासको नियन्त्रणमा रहेको भिडिओमा बताएका छन्।

हमासले मिरानसँगै अर्का बन्धक कीथ सिगलको भिडिओ सार्वजनिक गरेको छ। उनीहरुको भिडिओ सार्वजनिक भएसँगै परिवारका सदस्यले हमाससँग सम्झौता गरेर बन्धकको रिहाई गर्न सरकारसँग अपिल गरेका छन्।

युद्धविरामका लागि पुनः रुचि देखाएको हमासले दुई बन्धकको भिडिओ सार्वजनिक गर्दै बन्धकहरु सुरक्षित रहेको पुष्टि गरेको हो। ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी २ सय ५० भन्दा बढीलाई अपहरण गरेको थियो। उक्त आक्रमणमा १२ सय मानिसको मृत्यु भएको थियो।

त्यसको जवाफमा इजरायलले जारी राखेको आक्रमणमा गाजामा ३४ हजार बढीको मृत्यु भइसकेको छ । यसैबीच गाजामा इजरायली आक्रमण रोक्न माग गर्दै अमेरिकामा सुरु भएको प्रदर्शन प्रहरीको दमनका बीच थप चर्किएको छ।

कोलम्बिया विश्विद्यालयबाट विद्यार्थीले सुरु गरेको प्रदर्शन अहिले विभिन्न विश्वविद्यालय तथा कलेजमा चर्किएको हो। प्रदर्शनमा सहभागी ५ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

प्रधानमन्त्रीमाथि गोली प्रहार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

बेइजिङ भ्रमण गर्दै पुटिन

अफगानिस्तानमा चालिस हजार बालबालिका घरबारविहीन

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता