सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उहाँले भन्नुभयो, “व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ । नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको छ ।”

नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहो¥याउँदै राजदूत श्रीवास्तवले भन्नुभयो, “हामीले एकीकृत चेकपोष्टको निर्माण गरिरहेका छाँै । केही बनिसकेका छन् केही बन्ने क्रममा छन् । त्यसैगरी अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ । ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ । हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ ।”

सो अवसरमा एसियाली विकास बैंक(एडिबी)का मध्य–पश्चिम र दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष यिङमाङ याङले नेपालको विभिन्न क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

उहाँले एडिबीले लगानीका लागि विभिन्न अवसर खोजिरहेको जानकारी गराउँदै भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत, कृषि, हरित ऊर्जा, पर्यटन, व्यापार र लगानीमा सम्भावना भएको देश हो । हामीले सहकार्य गरेर लगानी गर्ने अवसर खोज्दैछाँै । निजी क्षेत्रलाई सहजीकरण गर्न सरोकारवालासँग काम गरिरहेका छाैँ । सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाउँछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ- महामन्त्री थापा

आफ्ना नेता कार्यकर्ताहरुलाई एमालेमा तान्न केपीले न्वारानदेखिको बल लगाएको नेपालको आरोप

सांसद निर्मला लिम्बुले रोजिन् अशोक नेतृत्वको जसपा

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरु

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनबीचको खाडल घटाउनुपर्छ : अध्यक्ष दाहाल

माधव नेपाल भन्छन्- गठबन्धन बदलिन सक्छ

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता

माधव नेपालको प्रतिवेदन: वाम एकता सम्भव नभएको निष्कर्ष (पूर्णपाठसहित)

सभामुखद्वारा सदन खुलाउन छलफल