सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरूको जिम्मेवारीअनुसार सरोकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा एमाले नेतृत्वमा सरकार बनाउन छलफल शुरु

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री दाहाल

एमाले नेता डा. नवलकिशोर साह आजपामा प्रवेश

सहकारी ठगीविरुद्ध कांग्रेसले सदनसँगै सडक संघर्ष गर्नुपर्छ : नैनसिंह महर

शेखर कोइराला र गगन थापाबीच भेट

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार

प्रधानमन्त्रीले शुरु गरे कांग्रेसका शीर्ष नेतासँग छलफल

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार पनि जारी

व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः अध्यक्ष उपेन्द्र यादव

अतृप्त आत्मा र स्वार्थी झुण्ड प्रयोग गरी पार्टी फुटाइयो: अध्यक्ष यादव