सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि हालसम्म मकवानपुरमा चार सय ३९ पुरुष र चार सय १८ महिला गरी ८५७ जना नयाँ डेङ्गी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार तीमध्ये हेटौँडा उपमहानगरपालिकामा मात्र सबै भन्दा बढी पाँच सय ४८ डेङ्गु सङ्क्रमित फेला परेका छन् । डेङ्गु सङ्क्रमणबाट हालसम्म मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा मकवानपुर जिल्लामा पाँच हजार आठ सय ६४ जना डेङ्गु सङ्क्रमित भएका थिए । गर्मी मौसम सुरु भएसँगै डेङ्गु सङ्क्रमित अझै बढ्नसक्ने भएकाले जनचेतनामूलक सन्देश प्रवाहसँगै लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गर्न लागिएको प्रमुख मिजारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

एकै परिवारका पाँच जनामा हात्तीपाइले

एचआइभी सङ्क्रमितलाई मासिक भत्ता

फेरो अर्को अनसनमा डा. गोविन्द केसी

हात्तीपाइले रोगविरुद्धको औषधी सेवन नगर्नेलाई सेवाबाट बञ्चित गर्ने निर्णय

गर्मीमा युरिक एसिडका रोगीले कुन फलफूल खाने ?

थपिए ३९ जना डेंगु सङ्क्रमित

भगवान कोइरालाको बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

हात्तीपाइलेको औषधी सेवन नगर्नेलाई पालिकाबाट पाईने सुविधा रोक्का गरिने

बागमती प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित