सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नवनियुक्त शिक्षकको दुःखेसो—आयोग पास गरेर पनि पढाउने विद्यालय पाएनौँ

२०८१ बैसाख १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरबाट नियुक्त पत्र पाउनुभयो । प्राथमिक तह तृतीय श्रेणीमा नियुक्ति पाएको तीन साता बितिसक्दा पनि उहाँले अध्यापन गराउनुपर्ने विद्यालयको टुंगो लागेको छैन । उहाँजस्तै आयोग पास गरेका खेमराज भट्ट र नन्दाकुमारी चन्दले पनि नियुक्तिका लागि गुहार माग्दै हिड्नुपरेको छ ।

गत चैत २६ गते बेल्डाडी गाउँपालिका कार्यालय पुगेका नवनियुक्त शिक्षक भट्ट र चन्दसँगै हालै आयोग पास गरेका मोनिका चन्दले पनि कार्यालय धाउँदा पनि शिक्षा विकास तथा समन्वय ईकाइ र बेल्डाडी गाउँपालिका बीचको आपसी असहमजदारीका कारण पढाउने विद्यालयको टुङ्गो लाग्ननसकेको बताउनुभयो ।

बेल्डाडी गाउँपालिकाले कार्यालयमा आएकामध्ये एक जनालाई मात्रै अध्यापनका लागि विद्यालयमा खटाउनसकिन बताएपछि अन्योल सिर्जना भएको नवनियुक्त शिक्षकले बताएका छन्।

“गत वर्ष पनि दुईजना मागगर्दा शिक्षा इकाइले पाँचजना शिक्षक पठाएको रहेछ, यसपटक पनि एकजना माग्दा तीन जना पठाइएकाले पालिकाले नियुक्त पत्र दर्ता गर्न अस्वीकार गरेको छ”, नवनियुक्त शिक्षक भट्टले भन्नुभयो । उहाँले समस्या समाधानका लागि धेरै ठाउँ धाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । “सुदूरपश्चिम विश्वविद्यालय आएका बेला शिक्षा मन्त्री सुमना श्रेष्ठलाई समेत भेटेर आफ्नो समस्या राखेका थियौँ । मन्त्रालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म लिखित निवेदन दिँदासमेत अहिलेसम्म समस्या समाधान भएको छैन”, भट्टको गुनासो गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिपक कलौनीले तीन जनालाई नियुक्ति दिई बेल्डाडी गाउँपालिका पठाइएकामा एकजना मोनिका चन्दलाई मात्रै अध्यापनका लागि राखेको बताउनुभयो ।

“पालिकाले स्थान रिक्त हुँदाहुँदै हाजीर हुनदिएको छैन, त्यसैले जिल्ला प्रशासनसँग समन्वय गरेर ति शिक्षकको व्यवस्थापनका लागि पहल गर्छौ”, कलौनीले भन्नुभयो । पालिकाले अटेर गरे दुई दरबन्दी काटेर शिक्षक–विद्यार्थीको उच्च अनुपात भएका विद्यालयमा लगेर पनि शिक्षकको व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा

ईपीएस दोस्रो चरणको सीप परीक्षणमा पाँच हजार ७ सय ५३ जना पास

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

एकै समयमा दुईठाउँ हाजिरी गरी शिक्षकहरुले दोहोरो सेवा सुविधा लिने गरेको खुल्लासा

दिक्तेल बहुमुखी क्याम्पस र सोङ्गोक विश्वविद्यालयबीच सहकार्य हुने

शिक्षक महासङ्घको अध्यक्षमा सुवेदी