सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दतः हाना सिङ्गर

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गरले नेपालमा दिगो, समावेशी र हरित अर्थतन्त्रको व्यावसायिक विकासलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा उहाँले अन्तरमन्त्रालयसँग समन्वय गरी देशमा दिगो लगानीको प्रवाह गर्ने बताउनुभयो ।

“संयुक्त राष्ट्रसङ्घ नेपाल र नेपाली जनताका साथमा रहेको छ”, संयोजक हानाले भन्नुभयो, “सन् २०२६ मा नेपालले ‘एलडीसी ग्रेजुएसन’को तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरुसँग देशमा दिगो लगानी बढाउन मद्दत गर्नेछौँ ।”

उहाँले दिगो विकासका लागि सन् २०३० ‘एजेन्डा’मार्फत सदस्य राष्ट्रहरूले प्रतिबद्धता जनाएका र यसले नेपालमा लगानीका अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“देशको लगभग आधा भाग वनजङ्गलले ओगटेको, हिमालयन ग्लेशियरहरूले ताजा पानी प्रदान गर्नाका साथै नदीहरूको ‘डाउनस्ट्रिम’बाट अनुमानित ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ”, संयोजक हानाले भन्नुभयो ।

यस्तो लगानीले कार्बन ‘अफसेट’ गर्न, दिगो ऊर्जामा सङ्क्रमणलाई गति दिन र हरित अर्थतन्त्रतर्फ डोर्याउन योगदान तथा विश्वव्यापी तापक्रमको वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न योगदान पु¥याउनुपर्नेमा उहाँको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जिबी राईको पासपोर्ट रद्द गर्न पत्राचार

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

सरकारले एकैपटक गर्‍यो ६० सहसचिव सरुवा, को कहाँ पुगे ?

नीति तथा कार्यक्रम अघि सभामुख र प्रमुख सचेतकहरुबीच छलफल

संयुक्त बैठक अवरोध गर्दैनौं, संसदको अन्य बैठक चल्न दिदैनौं- कांग्रेस

गणतन्त्र दिवस मौलिक र रचनात्मक रूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

सन्दीपको मुद्दामा आज सुनुवाई हुदै

कांग्रेस नेताहरुसँग नीति तथा कार्यक्रमलाई अवरोध नगर्न प्रधानमन्त्रीको आग्रह

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

मनसुनजन्य विपद्को पूर्वतयारी आवश्यक छ : मन्त्री बस्नेत

नयाँ दल गठनविरुद्ध जसपा अध्यक्ष यादवद्वारा सर्वोच्चमा रिट {पत्रसहित}