सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साउदी पुगे अमेरिकी विदेशमन्त्री ब्लिङ्कन

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हमास र इजरायल विगत ६ महिनादेखि लडिरहेका छन् । हमासलाई सिध्याउने इजरायलको संकल्पले गाजा पट्टीका जनताले ठुलो मूल्य चुकाउनु परिरहेको छ ।

हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । यसैबिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार साउदी अरबको रियाद पुगेका छन् । साउदी अरबपछि ब्लिन्केनले जोर्डन र इजरायलको पनि भ्रमण गर्नेछन् । ब्लिन्केनको भ्रमणको उद्देश्य मध्यपूर्वमा शान्ति प्रक्रियालाई गति दिनु र इजरायली बन्धकहरूको रिहाइ गर्नु हो ।

युद्धविरामबारे पनि छलफल हुने

अमेरिकी विदेश मन्त्रालयका अनुसार साउदी अरबमा ब्लिन्केनले क्षेत्रीय सुरक्षामा समन्वयलाई अगाडि बढाउन खाडी सहयोग परिषद्को मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन् । उनी विश्वव्यापी सहयोग र विकासका लागि ऊर्जा सम्बन्धी विश्व आर्थिक मञ्चको विशेष बैठकमा पनि सहभागी हुने बताइएको छ । अरब साझेदारहरुसँगको अप्रिल २९ देखि मे १ सम्मको भेटघाटको क्रममा ब्लिङकनले गाजामा युद्ध विरामको लागि जारी प्रयासबारे छलफल गर्ने बताइएको छ । यसबाहेक गाजालाई दिँदै आएको मानवीय सहायतामा वृद्धिबारे पनि कुराकानी गरिने बताइएको छ ।

बन्दीहरूको रिहाइमा जोड

ब्लिन्केनले कैदीहरूको रिहाइबारे पनि कुराकानी गर्ने बताइएको छ । प्यालेस्टिनी जनता र युद्धविराम बीचको यो विषय मुख्य अवरोधको रुपमा रहेको छ । इजरायलले इजिप्टका मध्यस्थकर्ता मार्फत हमासलाई ३३ बन्दी तुरुन्त रिहा गरिएन भने दक्षिण गाजा पट्टीको रफाह क्षेत्रमा आक्रमण सुरु गर्ने बताएको छ । राजनीतिक वार्ता असफल भएमा आफ्ना सेना रफाह क्षेत्रमा प्रवेश गर्ने पनि इजरायलले बताएको छ ।

ब्लिन्केनले साउदी अधिकारी र मन्त्रीहरूलाई पनि भेट्ने

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका इजरायली समकक्ष बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा बन्दीहरूको रिहाइको बदलामा हमला रोक्ने विषयमा छलफल गरेका थिए । यसको केही घण्टामै ब्लिन्केन रियाद पुगे । साउदी अधिकारी र मन्त्रीहरूसँग गाजाको भविष्यका सम्बन्धमा भेट्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले आइतबार बताएका थिए । एन्टोनी ब्लिन्केनले पनि युद्ध विराम र यस क्षेत्रमा दिगो शान्ति र सुरक्षा स्थापित गर्न जारी प्रयासहरूबारे छलफल गर्नेछन् । ब्लिङ्केनले इजरायल र जोर्डन भ्रमण गर्ने घोषणा पनि विदेश मन्त्रालयले गरेको छ ।

फेब्रुअरीमा पनि गएका थिए साउदी अरब

एन्टोनी ब्लिन्केनले गत फेब्रुअरीमा पनि साउदी अरबको भ्रमण गरेका थिए । यस क्रममा उनले युवराज मोहम्मद बिन सलमानलाई भेटेर धेरै महत्त्वपूर्ण विषयहरूमा छलफल गरेका थिए । इजरायल र हमासबlच छ महिनादेखि युद्ध चलिरहेको छ । इजरायली सेनाले गाजा पट्टीमा लगातार आक्रमण गरिरहेको छ । यसैबिच स्वास्थ्य मन्त्रालयले हमास र इजरायलबिचको द्वन्द्व बढेपछि गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्रीमाथि गोली प्रहार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

बेइजिङ भ्रमण गर्दै पुटिन

अफगानिस्तानमा चालिस हजार बालबालिका घरबारविहीन

मोदीले गराए वाराणसी लोकसभा सिटबाट उम्मेदवारी दर्ता

हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

अफगानिस्तानमा चालिस हजार बालबालिका घरबारविहीन

मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदीको निधन

भारतीय सर्वोच्च अदालतद्वारा केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन माग गरेको अपिल खारेज