सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पर्वतमा धमाधम विद्यालय समायोजन

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ ।

पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो । गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । त्यसमध्ये तीन विद्यालय भने पूरै कक्षा नै समायोजन गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थी सङ्ख्या घट्दै गएर कक्षा कोठा नै रित्ता हुन थालेपछि गाउँपालिकाले तह समायोजन गर्ने निर्णय गरेको थियो । यही वैशाख १२ गते गाउँ शिक्षा समिति र वडा शिक्षा समितिका संयोजकको संयुक्त बैठकले विद्यार्थी सङ्ख्या कम भएका प्रावि तथा आधारभूत विद्यालयको कक्षा समायोजन गरिएको गाउँ शिक्षा समितिका संयोजकसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

अध्यक्ष आचार्यका अनुसार विद्यार्थी सङ्ख्या कम रहेको जलजला–२ मा रहेको सिद्धबाबा प्राविको  भन्दा माथिका कक्षा, वडा नं ३ को बेनी बजार प्राविको कक्षा ३ भन्दा माथिका कक्षा, वडा नं ४ को लुङ्दी आधारभूत विद्यालयको कक्षा ५ भन्दा माथिका र वडा नं ८ को तारा प्राविको कक्षा १ भन्दा माथिका कक्षा शिव माविमा समायोजन गरिएको छ ।

यस्तै वडा नं १ को देउराली प्रावि र जनज्योति प्राविको कक्षा १ भन्दा माथिकालाई ज्योतिमण्डल माविमा, वडा नं २ को दिनकल्याण प्राविको १ भन्दा माथिका कक्षालाई समाजकल्याण प्राविमा, विध्यवासिनी प्राविको तीनभन्दा माथिको कक्षालाई विद्याज्योति माविमा, वडा नं ४ को भवानी प्राविको १ भन्दा माथिको कक्षालाई फड्के ढुङ्गा आधारभूत विद्यालयमा समायोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी वडा नं ४ को सरस्वती प्राविको ३ भन्दा माथिको कक्षालाई लुङ्दी आधारभूत विद्यालयमा, वडा नं ५ को मालिका आधारभूत विद्यालयको ५ भन्दा माथिका कक्षालाई ज्योति माविमा, शिवालय प्राविको कक्षा १ भन्दा माथिका कक्षालाई देविस्थान प्राविमा र धवला प्राविका सबै कक्षालाई ग्रामप्रकाश माविमा समायोजन गरिएको छ ।

वडा नं ५ को पञ्चमूल प्राविका ३ कक्षाभन्दा माथिकालाई देविस्थान प्राविमा, गद्देश्वर प्राविको ३ भन्दा माथिका कक्षालाई मालिका आधारभूत विद्यालयमा, वडा नं ६ को जनचेतना प्राविका सबै कक्षालाई शान्ति आधारभूत विद्यालयमा, युवा प्राविको १ कक्षाभन्दा माथिका कक्षालाई ज्योति माविमा, भगवती सम्झना प्राविको ३ कक्षाभन्दा माथिलाई शान्ति आधारभूतमा र सर्वोदय प्राविका सबै कक्षालाई भूमे प्राविमा समायोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत फडिन्द्र आचार्यले जानकारी दिनुभयो ।

वडा नं ७ को भूमे प्राविको ३ भन्दा माथिका कक्षा, ज्योति प्राविका १ भन्दा माथिका कक्षा, सरस्वती प्राविका १ भन्दा माथिका कक्षा र देउराली प्राविका ३ भन्दा माथिका कक्षालाई कृष्ण भवन धर्म माविमा समायोजन गरिएको छ ।

सोही वडाको अमर प्राविको १ भन्दा माथिका कक्षालाई फर्से धाइरिङ माविमा समायोजन गर्ने निर्णय भएको छ । वडा नं ८ को जन जागृति प्राविको १ कक्षाभन्दा माथिका कक्षाहरू जनकल्याण माविमा समायोजन गरिएको छ ।

समायोजन गरिएका विद्यालयका कक्षामा कतै शून्य विद्यार्थी त कतै न्यून विद्यार्थी भएकाले कक्षा समायोजन गर्नुपरेको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । भोलिका दिनमा विद्यार्थी सङ्ख्या बढेमा समायोजन निर्णय फिर्ता गरिने र विद्यार्थी सङ्ख्या अझै घटेमा पूरै विद्यालय नै समायोजन गरिने उहाँको भनाइ छ । विद्यार्थी सङ्ख्या कम भएका विद्यालयको हाललाई अस्थायीरूपमा कक्षा घटुवा गरी नजिकको अर्को विद्यालयमा समायोजन गरिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा