सदाबहार खबरको रफ्तार ....
जेठ २, २०८१ बुधबार
May 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गर्छौँः मन्त्री तामाङ

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाललाई दक्षिण एशियाको मुख्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा बोल्दै उहाँले विदेशी पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै उच्च गुणस्तरका पर्यटक आकर्षण गर्न जोड दिइने बताउनुभयो ।

पर्यटनमन्त्री तामाङले राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई समसामयिक सुधार गरी लगानीमैत्री बनाइने बताउनुभयो ।

सरकारले पर्यटन दशक (२०२३–२०३२) मा हरेक वर्ष पर्यटक आगमनमा १५ प्रतिशत विन्दुले वृद्धि गरी सन् २०३२ मा ३५ लाख पुर्‍याउने लक्ष्य लिइएको मन्त्री तामाङले जानकारी दिनुभयो । उहाँले पर्यटकको नेपाल बसाइ अवधि वढाउने र प्रति पर्यटक खर्चमा समेत बढोत्तरी गरी देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताउनुभयो । उक्त लक्ष्य प्राप्त गर्न निजीक्षेत्रसँग सहकार्य गरी नीतिगत सुधार गर्ने, वैदेशिक लगानी आकर्षित गर्ने, स्थानीय एवं प्रदेश सरकारसँगको सहकार्यलाई मजबुत बनाउने र सरोकारवाला निकायहरुसँग समन्वय गर्नेगरी काम गर्ने मन्त्रालयको योजना छ ।

पर्यटनमन्त्री तामाङले हवाई सेवा बिस्तार र सेवालाई चुस्त र प्रभावकारी बनाइने बताउनुभयो । नेपाल वायुसेवा निगमलाई सुधार गरी जहाज थपेर थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवालाई पनि आकर्षण गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल ४२ देशसँग हवाई सेवा सम्झौता भएको छ । ती देशहरुसँग प्रत्यक्ष हवाई सेवा सञ्चालनका लागि आवश्यक पहल गरिरहेका छौँ । नेपाल वायुसेवालाई सुधार गरी जहाजहरु थपी थप गन्तव्यमा उडान गर्ने र अन्य वायुसेवाहरुलाई पनि आकर्षित गरिनेछ ।”

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनमा ल्याउने, त्रिभुवन विमानस्थलको क्षमता बिस्तार गर्ने र वैकल्पिक विमानस्थलको निर्माण शुरुआत गरिने मन्त्री तामाङको भनाइ छ ।

पर्यटकको आगमनमा वृद्धि हुने क्रमसँगै पर्यटकीय पूर्वाधारमा लगानी बढेको निजीक्षेत्रबाट होटल तथा आतिथ्य क्षेत्रमा ठूलो भएको उल्लेख गर्दै मन्त्री तामाङले हाल नेपालमा पाँचतारे स्तरका होटलमात्र रहेकाले अबका दिनमा गुणस्तरीय पर्यटकका लागि पाँचतारेभन्दा माथिल्लोस्तरका होटल तथा रिसोर्टको क्षेत्रमा लगानीको राम्रो सम्भावना देखिएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साढे नौ अंकले घट्यो नेप्से

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

धितोपत्र व्यवसायीको कमिसन घट्यो

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

घट्यो सुनचाँदीको मुल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?