सदाबहार खबरको रफ्तार ....
जेठ ९, २०८१ बुधबार
May 22, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुख्यमन्त्री जम्कट्टेलद्वारा सीपयुक्त जनशक्ति उत्पादनको प्रतिबद्धता

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

यस अवसरमा प्रदेश प्रमुख शर्माले आज शुभकामना सन्देश जारी गरेर मजदुरहरूले शोषण, दमन र उत्पीडनबाट राहत पाएको दिनको सम्झना गरिरहँदा श्रमको उचित सम्मान र सम्पूर्ण श्रमजीवीहरूको स्थापित अधिकार पूर्ण कार्यान्वयन गर्न यस दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

यसैगरी, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशको आवश्यकता र श्रम बजारअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्ने वैदेशिक रोजगारीलाई सीपयुक्त र थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई सम्मानपूर्ण रोजगारीको अवस्था सृजना गर्नुपर्ने महसुस गरेको र यसलाई प्रदेश सरकारले प्रभावकारी योजनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमजीवी वर्गसँग ऐक्यबद्धता व्यक्त गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले नेपाली श्रमजीवी समुदायमा सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगामा पुर्याउने जिम्मेवारी पूरा गर्न अनवरत रूपमा लागिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ

सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे

प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट

विश्व बैंकको सहयोगमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरण आयोजना

कैलाश सिरोहिया पक्राउ

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी

कार्यदलको बैठक सकियो, अझै भएन सहमति

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक जारी