सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रमिकको सीपमा लगानी गर्नुपर्छ : श्रममन्त्री अर्याल

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिने योजना रहेको जानकारी दिनुभएको छ ।

एक सय ३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्तरिक रुपमा सीपमूलक तालिम उपलब्ध गराउने योजना रहेको बताउनुभएको हो । “आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धिका लागि काम गरिरहेका छौँ । आन्तरिक रुपमा सीपमूलक तालिमहरु दिनुपर्छ भन्नेमा योजना बनाइरहेका छौँ”, मन्त्री अर्यालले भन्नुभयो, “अबको दशक भनेको आन्तरिक रोजगारीको दशक बनाउने हो । यो दशकमा सीपमा लगानी बढाउने प्रतिबद्धतासहित हामीले काम गरिरहेका छौँ ।” उहाँले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोष, तीनवटै संस्थाबीचको सम्बन्ध सुमधुर बनाउँदै प्रभावकारी सेवा प्रवाहका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

मन्त्री अर्यालले शिक्षा नीति र श्रम बजारको मागबिच तालमेल नमिलेकाले सीप र प्रविधियुक्त जनशक्ति बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध निर्माणका लागि काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरबाट नेपाली श्रमिकप्रति हेर्ने नजर सकारात्मक रहेकामा प्रशंसा गर्नुभयो । “श्रमिक र रोजगारदाताबीचको सम्बन्ध सोचेजस्तो हुन सकेको छैन । न्यूनतम पारिश्रमिक दिने र बढि समय काममा खटाउने जस्ता विषयमा हामीले निजी क्षेत्रका व्यवसायी र रोजगारदातासँग निरन्तर छलफल गरिरहेका छौँ”, श्रममन्त्री अर्यालले भन्नुभयो ।

नेपाली श्रमिकको हकहितका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायहरुसँग भइरहेको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मन्त्री अर्यालले स्वदेश र विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधान खोज्न एकद्वार प्रणालीबाट ‘श्रमाधान’ योजना घोषणा गरेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड

शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छुः त्रिवि उपकूलपति बराल

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह