सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ ।

हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ ।

विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो स्क्वास दैनिक जिल्लामा भएका दुईवटा उद्योगबाट गरी झण्डै करिब साढे तीन लाखको हाराहारीमा बिक्री हुने गरेको उत्पादक बताउँछन् । जिल्लामा डिलक्स एग्रो फरेस्ट्री प्रोडक्ट प्रालि र मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामका दुई वटा स्क्वास उद्योग रहेका छन् ।

उनीहरुले जुनारका अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्ने गरेका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर रु एक सय ५० किवीको प्रतिलिटर रु दुई सयमा बिक्री हुने गरेको छ । एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीलगायत जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायतका विभिन्न बजार केन्द्र, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजाने गरेको र दैनिकरुपमा दुवैजनाको कम्पनीबाट गरी रु तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताउनुभयो ।

त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरका मल्टिनेसनल कम्पनीबाट उत्पादित ड्यु, कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बिक्री वितरणमा राज्यले सहज बनाई सहयोग गर्ने हो भने यसको बिक्री अझै बढ्ने थियो । तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग नगरेको आरोप पनि उहाले लगाउनुभयो ।

यता मन्थली नगरपालिकाका नगर प्रमुखले भने युवा उद्यामीलाई बैंकसँग समन्वय गराइदिएर बिना धितोमा वा सस्तो ब्याजमा उद्यम कर्जाका लागि सिफारिस गर्ने गरेको बताउनुभयो । कात्तिकदेखि मङ्सिर पुससम्म जुनारको सिजनमा जुनार कृषकसँग बगँैचानै खरिद गरेर त्यसलाई प्रसोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री गर्ने गरिएको छ । स्थानीयस्तरमै पाइने जुनार, कागती, किवी अमला, बेलको झोललाई आवश्यक कच्चा पदार्थ प्रयोग गरी स्क्वास बनाउने गरिएको छ ।

गर्मी बढेसँगै जिल्लामा यसको राम्रो व्यापार हुने गरेको स्थानीय व्यवसायी चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । स्थानीयस्तरमा उत्पादन हुने जुनार, अमला कागती, किवी, बेलजस्ता वस्तुको स्क्वास बनाएर बिक्री गर्दा एकातिर जुनार, कागती किवी कृषकको फल नबिक्ला भन्ने समस्या नहुने र अर्कोतर्फ धेरैलाई रोजगारीको समेत सृजना हुने हुनाले यस्ता उत्पादनको व्यवसाय प्रवद्र्धनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने व्यवसायी गुञ्ज कार्कीले बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो

साढे नौ अंकले घट्यो नेप्से

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

धितोपत्र व्यवसायीको कमिसन घट्यो

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च