सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

छोरालाई सुहाउने बुहारी बनाउन ११ वर्षिया बालिकालाई अपहरण

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनमा एक महिलालाई जेल चलान गरिएको छ । आफ्नो २७ वर्षका छोराका लागि योग्य हुने बुहारी बनाउन महिलाले ११ वर्षिय बालिका अपहरण गरेकी थिइन् ।

सन् २०२३ मा चीनको दक्षिण पश्चिममा रहेको कुइचाउन प्रान्तको लिउपान्शुईमा रहेको एक गाउँमा जाँदा याङ थरकी ती महिलाले नाबालिगलाई भेटेकी थिइन् ।

ती बालिकालाई आफ्नो जेठो छोराका लागि सुहाउँदो बेहुली बनाउन सक्छु भन्नेमा विश्वस्त भएपछि महिलाले बालिकाको मातापितालाई युनान प्रान्तको कुचिङमा आफ्नो साथ बालिकालाई लैजान अनुमति मागिन् । तर बालिकाको मातापिताले सोको अनुमति दिएनन् ।

त्यसपछि महिला बालिका अपहरण गर्ने योजनाका साथमा अगाडि बढिन् । आफ्ना २७ वर्षिय छोरासँग मिलेर उनले बालिका अपहरण गरिन् । यसका लागि दुबैले फेब्रुअरी १४ सम्म कुरे । त्यो दिन बालिका घरमा एक्लै थिइन् ।

बालिकालाई अपहरण गरेर उनीहरुले युनानस्थित आफ्नो घरमा ल्याए । तर अपहरण गरेको ६ दिनमा याङ पक्राउ परिन् । त्यसको ४ दिनपछि उनको छोराले प्रहरीसामु आत्मसमर्पण गरे । गएको वर्ष डिसेम्बर १५ मा दुबैलाई नाबालिगलाई अपहरण गरेको कसुरमा जेल सजाय सुनाइयो ।

याङलाई २ वर्षको जेल सजाय दिइयो भने उनको छोरालाई ७ महिनाको जेल सजाय सुनाइयो । सजायको विरुद्धमा याङको आमाछोरा पुनरावेदन अदालतमा गएका थिए । तर अदालतले सजाय यथावत् राखिदियो । यो मामिला र अदालतले सुनाएको सजायमाथि चिनियाँ सामाजिक सञ्जालमा व्यापक रोष देखिएको छ । नाबालिग अपहरणको मामिलामा कम सजाय दिइएको र यसले अपराधीलाई उक्साउने भन्दै केहीले आलोचना गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

के हो मेट गाला ?

ओस्कार बिजेता हलिउड अभिनेत्री भन्छिन्- ‘निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए’

इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली