सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कैदीले अपराध गरेभन्दा अन्य सजाय पाउनुहुँदैन: गृहमन्त्री

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारमा रहेका कैदी बन्दीहरूले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताउनुभएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ३ स्थित नौबस्ता कारागारको बिहीबार उद्घाटन गर्नुहुँदै गृहमन्त्री लामिछानेले उक्त कुरा बताउनुभएको हो ।

“कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीहरूले उनीहरूले आफूले गरेको अपराधको सजायभन्दा अन्य थप केही पनि सजाय पाउनुहुँदैन ।,” गृहमन्त्री लामिछानेले भन्नुभयो, “अपराधीले अपराध गरेकोभन्दा थप सजाय दिइएमा त्यो अर्को अपराध हुन्छ ।”

गृहमन्त्री लामिछानेले कैदी बन्दीहरूले आफ्नो सजाय भोगिसकेर समाजमा फर्केर जाँदा अझैपनि समाजले स्वीकार गर्न नसकेको बताउँदै पारिवारिक तथा सामाजिक जीवन बिताउनका लागि परिवार तथा समाज सचेत बनी मानसिकरुपमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।

“कारागारलाई यातना गृहकारुपमा नभई सुधार गृहकारुपमा रूपान्तरण गराउन जरुरी छ ।” उहाँले भन्नुभयो, “कारागारलाई सुधार गृहका रूपमा रूपान्तरण गर्नका लागि गृह मन्त्रालय र सरकार सचेत छ, सुधार गर्नुपर्ने कामहरू धेरै छन्, ती कामहरू पूरा गर्नका लागि छिटोभन्दा छिटो हामी काम गर्दैछौं ।”

गृहमन्त्री लामिछानेले कैदी बन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुनेमा सरकार गम्भीर रहेको बताउनुभयो । “कैदीको कैद मिनाहा माफीमा कुनै विभेद हुनुहुँदैन, आवाज र पहुँच भएको आधारमा होइन असल आचरण र कानुनले तोकिएको मापदण्ड पूरा गरेको जोसुकै कैदी बन्दीहरू नियमानुसार छुट्नुपर्छ, यो उनीहरूको अधिकार हो ।” उहाँले भन्नुभयो ।

आर्थिक चलखेल र राजनीतिक दबाबबाट माफी मिनाहाका लागि सिफारिस आइरहने आफूसँग गुनासो आउने गरेको भन्दै उहाँले मातहतका निकायलाई यस्तो किसिमको सिफारिस नगर्न निर्देशनसमेत दिनुभयो । “आर्थिक चलखेल र राजनीतिक दबाबबाट माफी मिनाहाका लागि सिफारिस आउने गरेको गुनासो सुनेको छु, आइन्दा यस्तो नहोस् ।,” उहाँले भन्नुभयो, “कारागारमा अत्यधिक बल प्रयोग गर्ने गतिविधि नहोस्, अमानवीय गतिविधि नहोस्, आपराधिक क्रियाकलाप नहोस्, नागरिकलाई अनुभूति हुने गरी छिटो छरितोरुपमा काम गर्न मातहतका निकायलाई निर्देशन गर्दछु ।”

२०७९ मङ्सिरमा निर्माण सम्पन्न गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० जना कैदी बन्दीहरू रहेका छन् । तीन हजार कैदी बन्दी राख्न मिल्ने क्षमताको उक्त कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको कामअन्तर्गत भवन निर्माण गरिएको छ । पहिलो, दोस्रो र तेस्रो चरण अनुसार काम सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरिने कारागार विभागले जनाएको छ ।

सुविधा सम्पन्न नौबस्ता कारागारको उद्घाटन भएसँगै देशैभरका कैदी बन्दीहरू कारागारहरूमा कोचाकोच गरेर बस्नु पर्ने बाध्यताको अन्त्य हुने आशा गरिएको छ, देशभरबाट कैदी बन्दीहरूलाई यहाँ स्थानान्तरण गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

मन्त्रिपरिषद् बैठक बस्दै

खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड

जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश

निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो