सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छः सचेतक भण्डारी

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोसी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा कोसी प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको बताउनुभएको छ ।

सङ्कल्प प्रस्तावप्रति मुख्य न्यायाधिवक्ताले मुख्यमन्त्री केदार कार्कीकातर्फबाट पेस गरेको राय नेपालको संविधानको धारा १८७ को उपधारा २ बमोजिमसभाको विशेषाधिकार हनन भएको उहाँको दाबी छ ।

कोसी प्रदेशसभा सचिवालयको सभाहलमा संसदीय पत्रकार मञ्चसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “गत चैत २६ गते नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले दलगत दिएको विश्वासको मत फिर्ता लिइसकेपछि वैशाख ३ गते कोसी प्रदेशसभामा दर्ता भएको सङ्कल्प प्रस्ताव वैशाख ७ गते बहुमतले पारित भएपछि उहाँले विश्वासको मत लिनुपर्ने नभए मार्ग प्रशस्त गर्नुपर्ने हाम्रो ठहर हो ।”

सभामुख अम्बरबहादुर विष्टले पनि ३० दिनभित्र विश्वासको मत लिन दिनुभएको निर्देशन नमान्नु पनि न्यायोचित नभएको उहाँको भनाइ छ ।

उहाँले मुख्यमन्त्री कार्कीले आगामी वैशाख २५ गतेभित्र विश्वासको मत नलिएमा नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ-प्रधानमन्त्री

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छः नेता डा रिजाल

कांग्रेसले बोलायो संसदीय दलको बैठक

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

संसदीय समिति बनाउने बिषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ: अध्यक्ष ओली

कम्युनिष्ट आन्दोनलाई पुनःजागरण गर्न मदन–आश्रितको योगदान अतुलनीयः अध्यक्ष नेपाल

यी हुन् एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठकले पारित गरेको १८ बुँदे प्रस्ताव