सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली

२०८१ बैसाख २०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उहाँले सरकारले जनताको आवास र आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्नेमा बताउनुुभयो । अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्बसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरि आम्दानीवृद्धि हुनुपर्ने उहाँको भनाइ थियो । “म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरूगरेको थिए । मलाई हटाइएपछि त्यो अभियान रोकियो । अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाए”, उहाँले भन्नुभयो,“त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दछु ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ । तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने अधिकारप्रति उत्तरदायी हुनुपर्दछ ।” उहाँले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताउनुभयो ।

सङ्गठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन : राष्ट्रपति पौडेल

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै परामर्श

प्रतिपक्ष दलको बैठक बानेश्वरमा जारी

संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न नैनसिंह महरको माग

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ-प्रधानमन्त्री

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

कांग्रेस संसदीय दलको बैठक बस्दै