सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतका प्रधानन्यायाधीश काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

२०८१ बैसाख २२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतका प्रधानन्यायाधीश डा. धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्।

उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन्।

शुक्रबार दिउँसो काठमाडौं आइपुगेका चन्द्रचुडको टोलीलाई स्वागत गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

चन्द्रचुड शनिबार काठमाडौंमा आयोजना हुने न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ। केन्द्रीय बाल न्याय समन्वय समितिले आयोजना गर्ने सो कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

नेपाल बसाइँका क्रममा उनले प्रधानन्यायाधीश श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, प्रधानन्यायाधीश श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा समेत सामेल हुने छन्। उनी आइतबार साँझ स्वदेश फर्किने कार्यतालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

मन्त्रिपरिषद् बैठक बस्दै

खेलाडीबाट अनुशासन सिक्नुपर्छः उपसभापति गुरुङ

कोरियासँगको सघन सहकार्यमा प्रधानमन्त्रीको जोड