सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उहाँको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आज विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिनुभएको हो । मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुनुहुन्छ । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गर्नुभयो ।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उहाँहरुको सुझाव थियो ।

अर्थमन्त्री पुनले सहभागितामूलक रुपमा बजेट निर्माण गरिने बताउनुभयो । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उहाँको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा

विश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैन- प्रधानमन्त्री

देउवासँग छलफलमा बस्नुअघि ओली र रविसँग छलफल गर्दै प्रधानमन्त्री

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री सहमत, कांग्रेससँग फेरि बस्ने

डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा

कर्णाली प्रदेशसभाको चौथो अधिवेशन आह्वान