सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इंग्ल्याण्ड सी टिमसँग नेपाल पराजित

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाल राष्ट्रिय पुरुष फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

इंग्ल्याण्ड सी टिमसँगको खेलमा नेपाल सोमबार राति २-० ले पराजित भएको हो । अल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । इंग्ल्याण्ड सी ले १२ मिनेटभित्रै दुई गोल गरेको थियो ।

खेलको आठौं मिनेटमा निक कामाम्बाले गोल गर्दै इंग्ल्याण्ड सी लाई अग्रता दिलाएका थिए । १२औं क्यालम स्टिडले गोल गर्दै इंग्ल्याण्ड टोलीको अग्रता दोब्बर पारेका थिए ।

त्यसपछि पनि इंग्लिस टोलीले नेपालमाथि दबाब बनाए पनि थप गोल गर्न सकेन । दुई गोल खाएपछि पनि नेपालले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । नेपालका फरवार्डहरु जिलेस्पी जंग कार्की  र सन्जिव विष्टले केही राम्रा मुभ बनाए पनि गोल गर्न सकेनन् ।

नेपाली राष्ट्रिय टोलीले पहिलो पटक इंग्ल्याण्ड गएर खेलेको हो । यसअघि शनिवार ब्रिटिस आर्मी टोलीविरुद्ध पनि नेपालले खेलेको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुदै